नेविसंघले बृहत प्रशिक्षण कार्यक्रम गर्दै

नेविसंघले बृहत प्रशिक्षण कार्यक्रम गर्दै

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले देशभरमा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण गर्ने भएको छ। नेविसंघले असोज ३१ र कार्तिक १ गते गरी दुई दिने राष्ट्रिय रणनीतिक प्रशिक्षण गर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताए।

‘गाउँ जाऔं, नगर जाऔं, जनता जगाऔं, कांग्रेस जिताऔं' भन्ने मूल नाराका साथ स्थानीय तहको निर्वाचनदेखि नै नेविसंघले देशभरी चुनावी अभियान थालेको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभा चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन देशभरबाट आएका नेविसंघ नेता कार्यकर्तालाई विशेष प्रतिक्षण दिइने अध्यक्ष महरले बताए।

नेविसंघ केन्द्रीय समिति सदस्य, क्षेत्रिय सभापति, जिल्ला अध्यक्ष, विभिन्न क्याम्पस इकाई अध्यक्ष तथा स्ववियू सभापतिहरुको उपस्थिति रहने नेविसंघले जनाएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने बताइएको छ। प्रतिक्षार्थीलाई पार्टीका केन्द्रीय सदस्य प्रदीप गिरी, महेश आचार्य लगायतका प्रभावशाली नेताहरुले प्रशिक्षण दिने नेविसंघले जनाएको छ।

आउँदो प्रदेश सभा चुनाव र प्रतिनिधि सभा चुनावमा बैचारिक एवम् रणनैतिक तवरले नेपाली कांग्रेसलाई विजयी गराउन विशेष रणनीति तयार गर्ने गरी प्रशिक्षणको आयोजना गरिएको अध्यक्ष महरले बताए। देशभरबाट प्रशिक्षणमा सहभागि हुन विद्यार्थी नेता तथा कार्यकर्ता काठमाडौं आउने क्रम जारी रहेको र तयारी समेत तीब्र रुपमा भइरहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जानकारी दिएका छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.