पति-पत्नीको गजबको कीर्तिमान

पति-पत्नीको गजबको कीर्तिमान

न्युयोर्क : इजिप्टका खेलाडीले विश्व खेलकुदमा गजबको कीर्तिमान बनाएका छन् । अमेरिकामा जारी यूएस ओपन स्क्वास च्याम्पियनसिपमा पुरुष एकल स्पर्धाको उपाधि पति र महिला एकल स्पर्धाको उपाधि पत्नीले जितेर उनीहरूले इतिहास रचेका हुन् । प्रतियोगिताको आइतबार भएको महिला एकलतर्फको फाइनलमा पत्नी नुर अल तैयबले अल वेलिलीलाई हराउँदै उपाधि जितिन् । २४ वर्षीया अल तैयबले खेलको नतिजालाई ३-२ ले आफ्नो पक्षमा पारेकी थिइन् ।

त्यसको केही समयपछि भएको पुरुष एकलतर्फको फाइनलमा पति अली फरागले मोहमेद अल सोरबागीलाई हराउँदै उपाधि हात पारे । २५ वर्षीय अली फरागले ३-० को सहज सेटमा खेल जितेका थिए । पति र पत्नी दुबैले फाइनलमा हराएका प्रतिद्वन्द्वी पनि इजिप्टकै हुन् । अली फराग र अल तैयबले पीएसए वल्र्ड सिरिजको उपाधि जितेको यो पहिलो पटक हो ।

विश्व खेलकुदको इतिहासमा एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै दिन दुवै एकल स्पर्धाको उपाधि पति र पत्नीले जितेको यो पहिलो पटक भएको समाचारमा जनाइएको छ । अली फराग र अल तैयब गत वर्षमात्र वैवाहिक बन्धनमा बाँधिएका थिए ।

‘आफ्नो स्पर्धाको उपाधि जितेपछि मेरो सम्पूर्ण ध्यान श्रीमान्को खेलमा केन्द्रित भयो । आफूले उपाधि जितेको खुसी मनाउनुभन्दा पनि श्रीमान्को खेलको विषयलाई लिएर म बढी चिन्तित बनेकी थिएँ’, खेलपछि अल तैयबले भनिन् । अली फरागले भने आफ्नो सपना साकार भएको प्रतिक्रिया दिए । ‘अन्ततः हाम्रो सपना साकार भएको छ’, उनको कथन थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.