उच्च अदालतका ९८ न्यायाधीशको सरुवा

उच्च अदालतका ९८ न्यायाधीशको सरुवा

काठमाडौं: न्यायपरिषद्को सोमबार बसेको बैठकले उच्च अदालतका ९८ न्यायाधीशको सरुवा निर्णय गरेको छ । सरुवा हुनेमा यसअघि सरुवा भएको दुई वर्ष पूरा नभएका न्यायाधीशको समेत परेका छन्। प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष गोपाल पराजुलीसहितको बैठकले सरुवा निर्णय गरेको हो।

 

परिषद्को निर्णयअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागार्इंलाई जनकपुर, उच्च अदालत दिपायलका यज्ञप्रसाद बस्याललाई वीरगन्ज, विराटनगरका कुमारप्रसाद पोखरेललाई वीरगन्ज, विराटनगरकै न्यायाधीश रमेश पोखरेललाई बुटवल, बागलुङका भीमबहादुर बोहरालाई राजविराज, धनकुटाका प्रकाशचन्द्र गजुरेललाई इलाम, राजविराजका तेजबहादुर कार्कीलाई जुम्ला, बुटवलका विष्णुदेव पौडेललाई नेपालगन्ज, महेन्द्रनगरका शिवनारायण यादवलाई वीरगन्ज, जनकपुरका दुर्गादत्त भट्टलाई पाटन, विशेष अदालतका पवनकुमार शर्मा न्यौपानेलाई पोखरा र विशेष अदालतका नरेन्द्रकुमार शिवाकोटीलाई हेटौंडा सरुवा गरिएको छ।

त्यस्तै, पोखराका सत्यराज गुरुङलाई पाटन, जुम्लाका शेषराज शिवाकोटीलाई बागलुङ, दिपायलका मोहनबहादुर कार्कीलाई राजविराज, हेटौंडाका विनोद शर्मालाई धनकुटा, पोखराका तिलप्रसाद श्रेष्ठलाई पाटन, पाटनका डिल्लीराज आचार्यलाई महेन्द्रनगर, दिपायलका सलाहुद्धीन सिद्धिकीलाई राजविराज, विराटनगरका विदुरविक्रम थापालाई बुटबल, विराटनगरका शिवराज अधिकारीलाई हेटौंडा, विराटनगरका पुष्पराज कोइरालालाई हेटौंडा, पाटनका जीवनहरि अधिकारीलाई सुर्खेत, पाटनका प्रेमराज कार्की नेपालगन्ज, हेटौंडाका नागेन्द्रलाल कर्णलाई बुटवल, वीरगन्जका थिरबहादुर कार्कीलाई विराटनगर, विराटनगर अन्तर्गतको ओखलढुंगा इजलासका राजकुमार वनलाई पाटन, पोखराका द्वारिकामान जोशीलाई दिपायल र बागलुङका रत्नबहादुर बागचन्दलाई वीरगन्ज सरुवा गरिएको छ।

त्यसैगरी, पाटनका उमेशराज पौडेललाई विराटनगर, नेपालगन्जका वीरबहादुर डाँगीलाई पोखरा, वीरगन्जका प्रेमराज ढकाललाई पाटन, वीरगन्जका चण्डीराज ढकाललाई दिपायल, बुटबलका हेमराज पन्तलाई पाटन, राष्ट्रिय न्यायिक प्रतिष्ठानका विनोदप्रसाद शर्मा (काज) लाई राजविराज, सुर्खेतका गुणराज ढुंगेललाई नेपालगन्ज, पाटनका बालकृष्ण उप्रेतीलाई वीरगन्ज, महेन्द्रनगरका वीरेन्द्रकुमार कर्णलाई इलाम, विराटनगरका हरिप्रसाद बगालेलाई इलाम, पाटनका लेखनाथ घिमिरेलाई वीरगन्ज, विशेष अदालतकी प्रभा बस्नेतलाई बुटवल, राजविराजका माधवप्रसाद पोखरेललाई जनकपुर, विशेष अदालतका महेशप्रसाद पुडासैनीलाई विराटनगर, पाटनका युवराज सुवेदीलाई बुटवल, महेन्द्रनगरका केशवराज जोशीलाई पाटन सरुवा गरिएको छ।

इलामका रमेशबहादुर थापालाई वीरगन्ज, पाटनका प्रमोदकुमार श्रेष्ठ वैद्यलाई दिपायल, जुम्लाका रमेशप्रसाद राजभण्डारीलाई विराटनगर अन्तर्गतको ओखलढुंगा इजलास, तुलसीपुरका श्रीमणकुमार गौतमलाई धनकुटा, राजविराजका लोहितचन्द्र शाहलाई बुटबल र पाटनका कृष्ण गिरीलाई जुम्ला पु¥याइएको छ।

यसैगरी, पाटनका श्रीकान्त पौडेललाई दिपायल, सुर्खेतका महेश शर्मा पौडेललाई तुलसीपुर, पाटनका टेकप्रसाद ढुंगानालाई इलाम, बुटवलका ईश्वरराज आचार्यलाई तुलसीपुर, राजविराजका गोपाल भट्टराईलाई जुम्ला, वीरगन्जका रामप्रसाद वलीलाई राजविराज, जनकपुरका रमेशकुमार पोखरेललाई पाटन, तुलसीपुरका अग्निप्रसाद थपलियालाई पाटन, ओखलढुंगा इजलासका ऋषिराम दवाडीलाई विराटनगर, वीरगन्जका नित्यानन्द पाण्डेयलाई सुर्खेत, पाटनका राजेश्वर तिवारीलाई महेन्द्रनगर, वीरगन्जका दिनेशप्रसाद यादवलाई महेन्द्रनगर, विराटनगरका कृष्णलाल भट्टराईलाई बुटबल, बुटबलका नरबहादुर शाहीलाई पोखरा, पाटनकी यमुना भट्टराईलाई इलाम र बुटवलका नारायणप्रसाद श्रेष्ठलाई महेन्द्रनगर सरुवा गरिएको छ।

जनकपुरका नारायणप्रसाद पोखरेललाई वीरगन्ज, राजविराजका भोजराज अधिकारीलाई वीरगन्ज, पाटनका रमेशकुमार खत्रीलाई जनकपुर, जनकपुरका दयानाथ खरेललाई राजविराज, वीरगन्जका विष्णुप्रसाद कोइरालालाई पाटन, बुटवलका लक्ष्मीकृष्ण श्रेष्ठलाई पाटन, जनकपुरका हरिप्रताप केसीलाई पाटन, सुर्खेतका कृष्णबहादुर थापालाई राजविराज, इलामका अच्युतप्रसाद भण्डारीलाई पाटन, विराटनगरका ऋषिप्रसाद अधिकारीलाई पाटन, राजविराजका टेकनारायण कुँवरलाई जनकपुर, हेटौंडाका धीरबहादुर चन्दलाई सुर्खेत, नेपालगन्जका लेखनाथ पौडेललाई पाटन र हेटौंडाका विपुल न्यौपाने जनकपुर सरुवा भएका छन्।

महेन्द्रनगरका नातीबाबु लामिछाने जनकपुर, पाटनका डा. रवि शर्मा अर्याललाई जनकपुर, पाटनका साधुराम सापकोटालाई विराटनगर, विराटनगरका सीताराम मण्डललाई धनकुटा, धनकुटाका जनक पाण्डेलाई विराटनगर, राजविराजका वामदेव ज्ञवालीलाई बुटवल, सुर्खेतका गोकर्ण डाँगी बुटवल, जनकपुरका खुशीप्रसाद थारू नेपालगन्ज, इलामका मदन पोखरेल वीरगन्ज, वीरगन्जका ध्रुवराज नन्द हेटौंडा, विराटनगरका हरिप्रसाद पौडेल सुर्खेत, इलामका राकेशकुमार निधिलाई राजविराज, पाटनका तेजनारायण सिंह राईलाई इलाम र बुटवलका शकुन्तला घिमिरेलाई बाग्लुङ सरुवा गरिएको छ।

यसैबीच, परिषदेले भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतको अध्यक्षमा विशेष अदालतका सदस्य बाबुराम रेग्मी (उच्चको पदाधिकार सुर्खेत) लाई तोकेको छ। सदस्यमा क्रमशः दिपायलका न्यायाधीश द्वारिकामान जोशी, वीरगन्जका रत्नबहादुर वागचन्द, दिपायलका चण्डीराज ढकाल, दिपायलकै प्रमोदकुमार श्रेष्ठ वैद्य र वीरगन्जका नारायणप्रसाद श्रेष्ठलाई तोकिएको छ। यसैगरी, काठमाडौं राजस्व न्यायाधीकरणमा पाटनका तिलप्रसाद श्रेष्ठ, विराटनगरमा थीरबहादुर कार्की, पोखरामा पवनकुमार शर्मा र नेपालगन्ज न्यायाधीकरणमा प्रेमराज कार्कीलाई तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.