'राजनीतिक ध्रुवीकरणले लोकतान्त्रिक शक्ति बलियो बनाउँछ'
काठमाडौँ: विनाविभागीयमन्त्री विक्रमबहादुर थापाले दलहरुबीचको राजनीतिक ध्रुवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउने बताएका छन्।
नैकापस्थित इन्द्र अन्नपूर्ण योग केन्द्रले आफ्नो स्वागतमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो राजनीतिक धु्रवीकरणका कारण प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन पार्टी उक्त समूहमा आबद्ध भएको जानकारी दिए।
केन्द्रका सल्लाहकार देवेन्द्र प्रधानले काठमाडौँ छिर्ने महत्वपूर्ण नाकाका रुपमा चन्द्रागिरि भए पनि स्थानीय विकास तथा पूर्वाधार निर्माणमा प्रगति हुन नसकेकामा गुनासो गरे।
केन्द्रका अध्यक्ष सुभाष घिमिरेले मानिसले स्वस्थ्य जीवन राख्न योग तथा आयुर्वेद शिक्षालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।