आगलागीमा २७ को मृत्यु, संकटकाल घोषणा

आगलागीमा २७ को मृत्यु, संकटकाल घोषणा

लिस्बन: पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाउँमा भएका आगलागीबाट २७ जनाको मृत्यु भएपछि सरकारले संकटकाल घोषणा गरेको छ। देशका पाँच सयभन्दा बढी ठाउँमा आगलागी भएको र ५१ जना घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । प्रधानमन्त्री एन्तोनिया कोस्ताले ५ सय २० ठाउँमा लागेको अडढेलो नियन्त्रणमा लिन संकटकाल घोषणा गरेका हुन्।

राष्ट्रिय नागरिक संरक्षण प्राधिकरणले आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता प्यात्रिकिआ गास्परले विनाशकारी आगलागीका कारण मृत्यु भएकामध्ये भिसेउका १६ जना, कोइम्बराका १० जना र कास्टोलो ब्रान्कोका एकजना रहेको जानकारी दिए।

देशको उत्तरी र मध्य क्षेत्रमा तापक्रम बढेर ३२ डिग्री सेल्सियस पुगेको छ।आगलागीमा परी घाइते भएका ५१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

आगलागी भएपछि भागदौड गर्दा भएको दुर्घटनामा परी अधिकांश घाइते भएका हुन्। अधिकांश मोटरबाटो र रेल मार्गहरू बन्द भएका छन् भने गाउँहरू पूरै खाली गराइएका छन्।

पेनाकोवा निवासीले चारैतर्फ आगोले घेर्दा जीवन नर्कमय बनेको बताए। आगलागी नियन्त्रण गर्न ६ हजार अग्निनियन्त्रकहरू परिचालित भइरहेका छन्। यसैगरी स्पेनको जंगलमा डढेलो लाग्दा ३ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.