नेमारसँगको मतभेदका कारण काभानीले पीएसजी छाड्ने

नेमारसँगको मतभेदका कारण काभानीले पीएसजी छाड्ने

पेरिस : बार्सिलोनाका पूर्वस्टार नेमार कीर्तिमानी रकमा पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएपछि पीएसजीका अन्य खेलाडीमा भने तिक्तता छाउन सुरु भएको छ । पीएसजीका स्टार एडिन्सन काभानीले टोलीको प्रदर्शन र आफ्नो भूमिकाका विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । नेमारका कारण काभानी पीएसजी छाडेर म्यान सिटी जाने विषय अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि ठूला समाचार बनिरहेका छन् ।

काभानीलाई आबद्ध गर्न म्यान सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि चासो देखाएको चर्चा छ । काभानी पीएसजी छाडेर म्यान सिटीमा जान लागेका समाचार स्पेनिस समाचारपत्र ‘डोन बलोन’ ले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

 

यसअघि पीएसजीमा फ्रिकिक र पेनाल्टी सुटका लागि कहलिएका काभानीले नेमारको आगमनसँगै सबै विषयमा छायामा परेको अनुभव गर्न थालेका छन् । ‘क्लबका अफिसियलले समेत मलाई त्यति ध्यान नदिएको अनुभूति भएको छ । नेमारका कारण नै म खेलमा जम्न सकिरहेको छैन । आफ्नो प्रतिभा देखाउन पनि मैले अर्को गन्तव्य रोज्नु आवश्यक छ । त्यो गन्तव्य म्यान सिटी हुन सक्छ’, ३० वर्षीय काभानीले भनेका छन् । जारी लिगको सुरुदेखि नै हरेक खेलमा काभानी र नेमारबीच फ्रिकिक र पेनाल्टी प्रहार गर्ने विषयमा खटपट हुँदै आएको छ । यी दुवै स्टारले आफूलाई केन्द्रमा राख्दा क्लबका पदाधकारीले समेत नेमारलाई बढी च्यापेको काभानीको ठम्याइँ छ ।

नापोलीका पूर्वस्ट्राइकर काभानीले जुनसुबै बेला पीएसजी छाड्न सक्ने समाचारमा उल्लेख छ । दुई स्टारबीच आपसी तालमेल नमिल्दा क्लबका पदाधिकारीसमेत चिन्तित बनेका छन् । काभानीमाथि म्यान सिटीमात्र नभई स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडले समेत आँखा लगाएको छ । रियलले आगामी जनवरीसम्म काभानीलाई क्लबमा आबद्ध गर्ने योजना बनाएको छ । तर काभानीले भने म्यान सिटी नै आफ्नो पहिलो रोजाइमा परेको बताउँदै आएका छन् ।

पीएसजीले अहिले नेमारलाई दायाँ र काभानीलाई बायाँ साइडबाट खेलाउँदै आएको छ । जारी लिगका पछिल्ला दुई खेलमा पीएसजीका लागि काभानी र नेमारले पाँच÷पाँच गोल गरेका छन् । पीएसजीका मिडफिल्डर मारक्विनोले टोलीमा दुई खेलाडीबीच प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताए । उनले ईएसपीएनसँगको कुराकानीमा भनेका छन्, ‘काभानी र नेमारको द्वन्द्व स्वाभाविक हो । 
मैदानमा जसलाई पनि म राम्रो खेलौं भन्ने हुन्छ । टोलीका प्रशिक्षकले दुवै खेलाडीलाई समान मौका दिएका छन् । आवश्यकताअनुसार खेलाडीको भूमिका फरक हुने हो ।’ काभानी र नेमार दुवै बेलोन डी ओर अवार्डको मनोनयनमा समेत परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.