१७ वर्षदेखि निर्मानाधीन अवस्थामै क्रिक्रेट मैदान

१७ वर्षदेखि निर्मानाधीन अवस्थामै क्रिक्रेट मैदान

दाङ : अन्तराष्ट्रिय स्तरको क्रिक्रेट मैदान बनाउने उदेश्यले निर्माण सुरु गरिएको दाङको लमहीमा रहेको लमही क्रिकेट मैदान निर्माण सुरु गरिएको १७ वर्ष सम्म पनि अधुरै रहेका छ । लमही नगर विकास समितिले निर्माण थालेको क्रिकेट मैदानले १७ वर्ष सम्ममा पनि पूर्णता पाउन नसकेको हो ।

 आर्थिक वर्ष २०५७/०५८ देखि सुरु भएको निर्माणको काम हाल सम्म आउदा २ करोड ८३ लाख रुपैया खर्च भइसकेको नगर विकास समितिले जनाएको छ । खेलकुल मन्त्रालयले २० लाख रुपैया मात्रै लगानी गरेको छ । ३५ हजार दर्शक अट्न सक्ने ५ विगाह क्षेत्रफलभित्र फैलिएको मैदान पश्चिम नेपालकै ठूलो खेल मैदान भएको दावी गरिदै आएको छ । लमही नगर विकास समितिका सव ईन्जिनियर तुलसीराम अर्यालले निमार्ण सुरु भएको १७ वर्ष सम्ममा पनि निर्माण पुरा नभएको बताए । उनले नगर विकासको तर्फबाट डिपीआर गरि सकेको र हालसम्म २ करोड ८३ लाख रुपैया खर्च भएको बताए ।

यसमध्ये चालु आर्थिक वर्षमा १ करोड ३१ लाख खर्च हुने क्रममा रहेको छ । १७ वर्ष सम्ममा पनि क्रिकेट मैदान निर्माण नहुँदा खेलाडीहरुलाई भने खेलमा समस्या हुँदै आएको छ । हालसम्म फिल्ड ग्रेडिङ, नाला, तारजाली निर्माण, कम्पाउण्डवाल निर्माण र डिपीआर तयार गर्ने काम भएको छ । भौतिक पुर्वाधारमा विकास समितिले लागतका हिसावले निर्माण गर्न नसक्ने भएपछि खेल्न सहज गराउन फिल्ड रेडिङ र ग्रेडिङ गराएर खेल्ल लायक बनाएको अर्यालले बताए ।

चालु आर्थिक वर्ष २०७४/०७५ मा नगर विकास समितिले क्रिक्रेट मैदानमा अन्डरग्राउण्ड पक्की नाली निर्माण र प्याराफिट निर्माणका लागि एक करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरविकास समितिका सव ईञ्जिनियर अर्यालले जानकारी दिए । ‘क्रिक्रेट मैदानमा खेल सञ्चालन गर्न अब ग्राउण्ड पिच, खेलमा आवश्यक भौतिक पुर्वाधार र नाला निर्माण गर्न आवश्यक रहेको बताए । ‘नगरविकास समितिले आफ्नो लगानीमा मैदानको निर्माण कार्यमा सहयोग गरीरहेको छ, हाल सम्म जिल्ला खेलकुद विकास समितिवाट जम्मा २० लाख लगानी भएको छ' उनले भने । पूर्ण रुपमा मापदण्ड अनुसारको मैदान निर्माण गर्न २२ करोड लाग्ने देखिएको छ ।

सब ईन्जिनियर अर्यालले नगर विकास समितिले मात्रै त्यो काम पूरा गर्न नसक्ने भएकाले राज्यले ध्यान दिनु पर्ने बताए । उनले राज्यले ध्यान देओस् भनेर विभागीय मन्त्रीदेखि खेलकुद विकास समिति, जिल्ला विकास, क्रिकेटसँग सबैमा आग्रह गरको र निरीक्षण समेत गराउदै आएको तर पनि सुनुवाई नभएको जानकारी दिए । राज्यले निर्माणमा चासो र ध्यान नदिँदा १७ वर्षदेखि निर्मानाधीन अवस्थामा रहेको र पूरा नभएको सरोकारवालाहरुले बताएका छन् ।

लमही क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाकोरुपमा अघि बढाउनुपर्ने र त्यसको पहल स्थानीय सरकारले गर्नुपर्ने उनीहरुको भनाई छ । अन्तराष्ट्रिय स्तरको लमही क्रिक्रेट मैदानलाई राष्ट्रिय गौरवको योजनाको रुपमा लैजानुपर्ने र गुरुयोजना अनुसार भौतिक पूर्वाधार निर्माण गरी राष्ट्रियस्तरको खेल आयोजना गर्नुपर्ने जिल्लाका खेल प्रेमीहरुको माग छ ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले क्रिकेट मैदान निर्माणमा राज्यले ध्यान दिनुपर्ने र गौरवको योजना घोषणा गरेर काम थाल्नु पर्ने बताए । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले क्रिक्रेट मैदानको संरक्षण र निर्माणमा नगरपालिकाले ध्यान दिने बताए । केसीले लमहीको क्रिक्रेट मैदान दाङ जिल्ला सहित सिंगो राष्ट्रको गौरव भएको भन्दै मैदानको निर्माण कार्यलाई पूर्णता दिन लगानीकर्ताको खोजी गर्ने बताए ।

तत्कालका लागि क्रिक्रेट खेलको प्रशिक्षकको व्यवस्था गर्ने, निकट भविस्यमा हुन गइरहेको मध्यपश्चिम स्तरीय महिला क्रिक्रेट प्रतियोगिता लमहीको मैदानमा राख्नको लागि भूमिका खेल्ने समेत बताए । ‘लमहीको समग्र विकासमा क्रिक्रेट मैदानको भूमिका महत्वपूर्ण छ,यसलाई पूर्णता दिन म लाग्छु' उनले भने ।

क्रिक्रेट मैदान निर्माण १७ वर्ष सम्म भएको लगानी


आर्थिक वर्ष लगानी
२०५७/०५८ ३० लाख
०५८/०५९ १८ लाख
०६४/०६५ २६ लाख
०७३/०७४ ५८ लाख
०७४/०७५ १ करोड ३१ लाख
०६४/०६५ २० लाख (खेलकुद विकास समितिबाट)
जम्मा रकम २ करोड ८३ लाख

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.