साथीसँग ठोक्किँदा गोलरक्षकको मृत्यु

साथीसँग ठोक्किँदा गोलरक्षकको मृत्यु

जकार्ता : खेलका क्रममा आफ्नै टोलीका खेलाडीसँग ठोक्किएपछि गम्भीर घाइते बनेका एक गोलरक्षकको उपचारका क्रममा निधन भएको छ । माथिल्लो श्रेणीको इन्डोनेसियन लिग फुटबलअन्तर्गत आइतबार भएको सिमन पादाङविरुद्घको खेलका क्रममा साथीसँग ठोक्किएर एफसी पर्सेलाका अनुभवी गोलरक्षक चोइरुल हुदा गम्भीर घाइते बनेका थिए । ३८ वर्षीय हुदालाई तत्कालै अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको निधन भएको उनी सम्बद्ध क्लबले जनाएको छ ।

 

‘हुदाको उपचारमा संलग्न डा. युदिस्तिरो आन्द्री नुग्रोहोले छाती र च्यापुमा लागेको गम्भीर चोटका कारण गोलरक्षक हुदाको निधन भएको जानकारी हामीलाई दिनुभएको छ’, एफसी पर्सेलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । गोलरक्षक हुदाको घाँटी र टाउकोमा पनि गम्भीर असर परेको उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै क्लबले जनाएको छ ।

खेलका क्रममा हुदासँग ठोक्किने खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । उक्त घटनापछि पनि खेललाई भने निरन्तरता दिइएको थियो । उक्त खेलमा गोलरक्षक हुदाको क्लब पर्सेलाले सिमन पादाङलाई २-० गोलले हराएको थियो । इन्डोनेसियन लिगमा हुदा निकै अनुभवी गोलरक्षक थिए । उनले लिगमा पर्सेलाका लागि पाँच सय खेल खेलेका थिए ।

गोलरक्षक हुदाको निधनको समाचार सार्वजनिक भएलगत्तै हजारौं समर्थक उनीप्रति श्रृद्धाञ्जलि व्यक्त गर्न अस्पतालमा भेला भएका थिए । पर्सेलाले हुदाको निधनबाट क्लबलाई मात्र नभई समग्र इन्डोनेसियाको फुटबललाई नै अपूरणीय क्षति पुगेको बताएको छ । पर्सेलाले गोलरक्षक हुदाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.