वीरेन्द्रनगर च्यालेन्ज कपको उपाधी रत्‍न यूथलाई

 वीरेन्द्रनगर च्यालेन्ज कपको उपाधी रत्‍न यूथलाई

दमक: मोरङको पथरीशनिश्चरेमा सम्पन्न पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीले जितेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न फाईनल खेलमा पथरीशनिश्चरे-११ लाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै रत्नले उपाधी उचालेको हो। रत्नले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पथरीशनिश्चरे १३ दशमलब ४ ओभरमा मात्र ५६ रनमा समेटियो।

पथरीशनिश्चरे ११ का लागि राकेश दाहालले १६ र राजु राईले १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले संझन लायक प्रर्दशन गर्न सकेनन । पथरी शनिश्चरे ११ लाई सस्तैमा समेट्नका लागि मेहबुब आलम, विजेन्द्र झा, अमृत सिंह र प्रवेश कामतीले २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रत्न युथ क्लबले १९ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय २० रनको योगफल तयार पारेको थियो । रत्नका लागि रोनित सिंहले २७ र अमृत सिंहले २२ रन बनाए । पथरी शनिश्चरे ११ का सुमन इजम लिम्बु र संकर भुजेलले समान ३/३ विकेट लिए ।

उपाधि सँगै रत्न यूथ क्लबले नगद ५१ हजार रुपैयाँ सगै ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको पथरी शनिश्चरे–११ ले नगद ३१ हजार रुपैयाँ सँगै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । फाईनल खेलको म्यान अफ द म्याच रत्न युथका अमृत सिंह घोषित भए ।

त्यस्तै म्यान अफ द सिरिज घोषित तथा वेष्ट व्याट्सम्यान भएका रत्नकै निरितिया खडोलियाले १० हजार रुपैयाँ बरारको मोबाईल प्राप्त गरे । प्रतियोगिताको वेष्ट वलर पथरीशनिश्चरे ११ का सुमन इजम लिम्बु र वेष्ट फिल्डर आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबका विवेक कोईराला घोषित भए । असोज १९ गतेबाट संचालन भएको प्रतियोगितामा पूर्वाञ्चलका १९ टोलीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.