निर्धारित मितिमै निर्वाचन : देउवा

निर्धारित मितिमै निर्वाचन : देउवा

भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित मितिमै निर्वाचन गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पारेका छन्। नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले मंसिर १० र २१ गते केन्द्र तथा प्रदेशको निर्वाचर भएरै छाड्ने बताएका हुन्।

उनले संक्रमणकालीन अवस्था टुंग्याएर निर्वाचनमार्फत संविधान कार्यान्वयनमा ल्याउन सरकार सचेत रहेकोसमेत बताए। राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् राष्ट्रिय संवत् नै भएकोमा कसैले विवाद गर्न नपर्ने बताए।

कार्यक्रममा उनले नेपाल संवत्को प्रवद्र्धनमा योगदान पुर्‍याउने नरेन्द्रभक्त हाडालाई यस वर्षको शंखधर सम्मान प्रदान गरेका थिए। त्यस्तै प्रतिष्ठानको तर्फबाट गोरखा र दोलखामा स्थापना गरिने राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमासमेत सम्बन्धित जिल्लाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदान प्रधानले भयरहित र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेका सुनाए। उनले नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउने आन्दोलन प्रजातान्त्रिक आन्दोलन सँगसँगै अघि बढेको स्मरण गरे।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा, एमालेका सचिवालय सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतकाले वैज्ञानिक र व्यवहारिक बनाउँदै सरकारी तथा जनस्तरमै नेपाल संवत्को प्रयोग गर्नुपर्ने माग गरे।

उनीहरुले नेपाल संवत् नेपालभाषीहरुको मात्रै संवत् भन्ने भ्रम अझै बाँकी रहेको भन्दै यस भ्रमलाई चिर्दै विश्वमै देशको नाउँबाट स्थापना गरिएको एकमात्र नेपाल संवत्को क्यालेन्डर नै विकास गर्न ढिला गर्न नहुनेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरे।

कार्यक्रमअघि मध्यपुर थिमि नगरपालिका ४ शंखधर चोकमा स्थापना गरिएको राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा प्रम देउवा, रक्षामन्त्री प्रधानलगायतका नेता तथा कार्यालय प्रमुखहरुले माल्यार्पण गरेका थिए। उक्त प्रतिमा उद्घाटनसँगै पहिलो पटक माल्यार्पण गर्ने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै पहिलो प्रधानमन्त्री थिए। उनले १६ वर्षअघि नेपाल संवत् ११२२ पछि नेपाल संवत् ११२५ मा पनि प्रधानमन्त्रीकै हैसियतमा शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेका थिए।

उक्त प्रतिमामा तीन पटक माल्यार्पण गर्ने शेरबहादुर देउवा पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन्। पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपालले दुईदुई पटक सरकार प्रमुखको हैसियतले उक्त प्रतिमामा माल्यार्पण गरेका थिए।

त्यस्तै स्व. गिरिजाप्रसाद कोइराला, स्व. सुशील कोइराला, केपी ओली, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का अध्यक्षको हैसियतले खिलराज रेग्मी तथा नेपालभाषा मंकाः खलका अध्यक्ष पद्मरत्न तुलाधरले एकएकपटक उक्त प्रतिमामा माल्यार्पण गरेका थिए।

नेपाल संवत् ११३८ नयाँ वर्षको पहिलो दिन प्रतिष्ठानले यसैदिने हरेक वर्ष शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान कार्यक्रम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.