कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुंगो लाग्यो

कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुंगो लाग्यो

नुवाकोट : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा (एमाले) र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् । दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवैका तर्फबाट उम्मेदवारी दिइने छ ।

 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन् । यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं २ मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिने छन्।

यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा उठ्नेछन् ।

प्रदेशतर्फ क्षेत्र नंं १ बाट काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ । प्रदेश क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिने निर्णय भएको छ ।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.