स्वारेजले दुर्इ मैत्रीपूर्ण खेल गुमाउने

स्वारेजले दुर्इ मैत्रीपूर्ण खेल गुमाउने

मोन्टेभिडियो : उरुग्वेका स्टार स्ट्रइकर लुइस स्वारेज केही समय मैदानमा देखा नपर्ने भएका छन् । पछिल्लो समय घुँडाको चोटका कारण स्पेनिस क्लब बार्सिलोनाको बेन्चमा बस्दै आएका स्वारेजले पोल्यान्ड र अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाउने भएका छन् । ३० वर्षीय स्वारेज गत अगस्टमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्धको स्पेनिस सुपर कपका क्रममा घाइते भएका थिए ।

 

 

खुट्टामा गम्भीर चोट बोकेका स्वारेज अहिले पनि स्वास्थ्यलाभ गरिरहेका छन् । त्यसयता उनले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिना र पाराग्वेविरुद्धको खेल भने खेलेका थिए । क्लब फुटबलमा भने उनी अधिकांश समय बेन्चमै बस्दै आएका छन् । अगस्टयता उनले जम्मा आठ खेलमात्र खेलेका छन् । शारीरिक रूपमा फिट नभएकै कारण स्वारेजले नोभेम्बर १० तारिखमा हुने पोल्यान्ड र १४ तारिखमा हुने अस्ट्रियाविरुद्धको खेल गुमाउने छन् ।

अघिल्लो वर्ष रूसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा स्थान बनाउन सफल भएपछि उरुग्वेले पहिलोपटक मैत्रीपूर्ण खेल्न लागेको हो । उरुग्वे फुटबल संघका अनुसार बार्सिलोनाको चिकित्सका विभागले स्वारेजलाई थप उपचारको आवश्यकता रहेको बताएको छ । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्र्भडेले भने स्वारेजको समस्या गम्भीर नरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.