महिलाले तरबार नचाएपछि

महिलाले तरबार नचाएपछि

 

प्यूठान : भाइटीकाको भोलिपल्ट लाग्ने ऐतिहासिक डल्ले सराय मेलामा दर्शकको आकर्षण बर्सेनि बढ्दै छ । विगतका वर्षदेखि सरायलाई प्रतियोगिताको रूपमा सञ्चालन गर्न थालिएपछि सर्वसाधारणको आकर्षण बढेको हो । प्यूठान नगरपालिका–७ बिजुवार गाँजुरीस्थित झिमरुक फाँटमा सञ्चालन भएको मेलामा गाउँगाउँबाट मेलामा हजारौं सर्वसाधारण सहभागी भएका थिए ।

जिल्लाको दुर्गम गाउँ रजवारासहित प्यूठान नगरपालिकाको विजयनगर, सापडाँडा, सारिवाङ, मरन्ठाना, पुण्यखोला, खलंगास्थित पाण्डेडाँडाबाट सराय प्रतियोगितामा विभिन्न समूह सहभागिता भए । तिहारको बेला जिल्लामा लाग्ने मेलाहरूमध्ये डल्ले सरायलाई सबैभन्दा ठूलो भएको स्थानीय बताउँछन् । सराय प्रतियोगितामा बाजागाजाको तालमा युवा, वृद्धवृद्धा र महिला हातमा तरबार लिएर एकै तालमा नाच्ने गर्छन् ।

 

करिब पाँच सय वर्षअगाडि राजाको राक्षसी स्वभावविरुद्ध जनताले तरबार उठाएको घटनासँगै सराय नाच निकालिने गरिएको बिजुवार पुण्यखोलाका नागरिक समाजका अगुवा एवं प्रतियोगितामा सहभागी दलबहादुर केसी बताउँछन् । ‘बर्सेनि डल्ले सराय मेलामा सहभागी हुनेहरूको संख्या बढ्दै गएको छ’, उनले भने, ‘पुरस्कारको व्यवस्था गर्न थालिएपछि यसमा आकर्षण बढेको हो ।’

प्रतियोगितामा प्यूठान नगरपालिका–५ स्थित सिद्धेश्वर महादेव मन्दिरको तर्फबाट स्थानीय महिलासमेत सहभागिता थिए । हातमा तरबार लिएर महिला सरायमा सहभागी भए । १४ मध्ये एक उनीहरू एकमात्र महिला समूह सहभागी थिए । उनीहरूले पुरुषहरू सरह आफ्नो प्रतिभा देखाए । छिमेकी जिल्ला रोल्पा, अर्घाखाँची, गुल्मी र दाङबाट समेत मेलामा सहभागी हुने गरेका छन् । प्यूठान नगरपालिका वडा नम्बर ७ ले प्रतियोगितामा सहभागी समूहलाई पुरस्कारको व्यवस्था गरेको अध्यक्ष नेत्रबहादुर केसीले जानकारी गराए ।

प्रतियोगितामा बिजुवार पुण्यखोला समूह प्रथम, विजयनगर सापडाँडाको द्वितीय र बिजुवारको समूह द्वितीय भए । विजयी समूहलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप १५÷१५ हजार रुपैयाँसमेत प्रदान गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.