केही सीप नचलेपछि बाबुराम कांग्रेससँग मिले : श्रेष्ठ

केही सीप नचलेपछि बाबुराम कांग्रेससँग मिले : श्रेष्ठ

गोरखा : गोरखा क्षेत्र २ का प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वार पूर्वउप्रधानमन्त्री तथा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम एकता भइछाड्ने दाबी गरेका छन्। सोमबार गोरखाका पत्रकारसंगको भेटघाटमा उनले बाम एकताप्रति भ्रम र आशंका नपाल्न आग्रह गरे।

‘वाम एकता हुन्छ, हुन्छ यसमा कसैले द्विविधा नराखे हुन्छ’, उनले भने, ‘यो वाम एकता मात्र नभै क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने उद्देश्य समेत पूरा गर्नेछ। अहिले भने निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरी स्थायी सरकार बनाउने र राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यसहित वामगठबन्धन गरिएको हो।’ वाम गठबन्धनले देशलाई १० बर्षभित्र कायापलट गर्ने उनले बताए।

बाबुराम भट्टराई कसैसंग मिल्न नसकेर अन्तिम विकल्पस्वरुप कांग्रेस रोजेको आरोप श्रेष्ठको छ। ‘बाबुरामजी कम्युनिष्ट पार्टी चाहिँदैन, माक्र्सवाद, लेनिनवाद, माओवाद चाहिँदैन भनेर माओवादी पार्टी छोडेर जानुभयो। नयाँशक्तिको चालढाल देखिसकेपछि उपेन्द्र यादवको पार्टीसंग मिल्न जानुभयो, उपेन्द्रजीहरु मिल्न चाहेनन्। चुनाव चिन्ह मात्रै भए पनि हुन्छ भनेर मसाल चिन्ह माग्नु भयो। स्थानीय चुनावमा परिणाम देख्नुभयो’ श्रेष्ठले भने, ‘त्यसपछि हामी एमाले र माओवादी मिल्ने तयारी गरिरहेको थियो, म पनि मिल्छु भनेर आउनु भयो। उहाँले यस्तो प्रस्ताव राख्नुभयो, त्यो हाम्रो गठबन्धनले स्वीकार गरेन्। त्यहाँबाट फेरि कांग्रेससँग मिल्न जानुभयो। यो उहाँको स्पष्ट प्रवृत्ति हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.