भिजिट माल्दिभ्सको प्रतियोगीतामा सरोज टपटेनमा पर्न सफल
काठमाडौं : भिजिट माल्दिभ्सले आयोजना गरेको एक मिनेटको छोटो भिडियो डोकुमेन्ट्री प्रतियोगितमा सरोज सापकोटा टपटेनमा पर्न सफल भएका छन् ।
स्काई डाइभिङ्ग गरेर साहसी नेपाली युवा सापकोटा हजारौं प्रतिष्पर्धीको बीचमा टपटेनमा पर्न सफल भएका हुन्।
लाङटाङका अधिकांश हिमाल र सर्वोच्च शिखर सगरमाथा समेत आरोहण गरेका सापकोटाले कयौं पटक स्काई डाइभिङ्गमा सफलता हाशिल गरिसकेका थिए । सापकोटाले वृत्तचित्र वनाउँदा आफ्नो जीवनकै ठूलो जोखिम मोलेका बताएका छन् ।
स्काई डाइभिङ्ग खतरनाक खेल भएपनि उनले समुद्रको १२० फिट तल पुगेर मुखवाट रेगुलेटर निकाली श्वाश रोकेर बसेका थिए ।