रोनाल्डो बने उत्कृष्ट फिफा वर्ष खेलाडी

रोनाल्डो बने उत्कृष्ट फिफा वर्ष खेलाडी

 

काठमाडौं : पोर्चुगल र स्पेनिस क्लब रियल मड्रिडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो फिफाको पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।  उनी अर्जेन्टिनाका स्टार लियोनल मेसी र ब्राजिलका स्टार नेइमारलाई पछि पार्दै उत्कृष्ट वर्ष खेलाडी बन्न सफल भएका हुन् । सोमबार राति लण्डनमा आयोजित कार्याक्रममा उनले लगातार दोस्रो वर्ष फिफाको पुरुष तर्फको उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारे । 

ronaldo_award

२०१७ मा उनले आफ्नो टोली रियल मड्रिडलाई युरोपियन च्याम्पियन लिगको उपाधी, स्पेनिस ला लिगाको उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने पोर्चुगललाई युरोकपको उपाधि दिलाउन भूमिका खेलेका थिए । उनले २०१७ मा हालसम्म क्लब र राष्ट्रका लागि गरी ४४ गोल गरेका छन् ।

459C75A000000578-5008729-image-a-80_1508782793207

उत्कृष्ट प्रशिक्षको उपाधि पनि रियल मड्रिडकै जिनेदिने जिदानले पाएका छन् । महिला तर्फको उत्कृष्ट खेलाडीको अवार्ड भने बार्सिलोनाकी लिके मार्टेन्सले प्राप्त गरिन ।

उपाधि ग्रहण गर्दै रोनाल्डोले आफूलाई भोट गर्ने संसारभरका समर्थकलाई धन्यवाद दिए । मेसी र नेइमारलाई पनि सम्बोधन गर्दै लगातार दोस्रो पटक फिफाको उत्कृष्ट वर्ष खेलाडीको उपाधि पाउनु आफ्ना लागि अत्यन्तै खुसीको क्षण भएको बताए । रियल मड्रिडका समर्थक, टिमका अन्य साथी, प्रशिक्षक, रियल मड्रिडका अध्यक्ष सबैलाई धन्यवाद दिए ।

messi


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.