तेस्रो सन्तानको प्रतीक्षामा मेसी

तेस्रो सन्तानको प्रतीक्षामा मेसी

लन्डन : मुस्किल अवस्थामा पुगेको अर्जेन्टिनालाई अर्को वर्ष रुसमा आयोजना हुने विश्वकपका लागि छनोट गराएपछि अन्तर्राष्ट्रिय फुटबलमा लियोनल मेसीको चर्चा फेरि एकपटक चुलियो । मेसीले इक्वेडरविरुद्धको महत्वपूर्ण खेलमा ह्याट्रिक गरेपछि अर्जेन्टिना रुस विश्वकपका लागि छनोट भएको छ । अर्जेन्टिना र मेसीबिनाको विश्वकप हुने अनुमानका बीच निराश बनेका समर्थकलाई मेसीको ह्याट्रिकले ठूलै खुसी दियो । त्यही मेसोमा मेसीले आफ्ना समर्थकमाझ अर्काे खुसी पनि सार्वजनिक गरे ।

 

मेसीले इन्स्टाग्राममार्फत आफू तेस्रो सन्तानको पर्खाइमा रहेको रहस्य खोलेका छन् । मेसीले इन्स्टाग्राममा आफ्ना दुई छोरा थिएगो र माटियोसँगै आफ्नो हातले श्रीमती एन्टोनेल्ला रोक्कुज्जोको पेटमा छोएको तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरसँगै मेसीले क्याप्सन पनि लेखेका छन्, ‘पाँचजनाको परिवार । उनी फेरि गर्भवती भएको समाचार सार्वजनिक गर्न पाउँदा हर्षित छु ।’

लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी एन्टोनेल्लासँग यसै वर्ष विवाह गरेका मेसीको विवाहअघि नै दुई सन्तान भइसकेका थिए, थिएगो र माटियो । त्यसयता उनीहरूले घरमा तेस्रो सन्तानलाई स्वागत गर्नेछन् । अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो जादुयी प्रदर्शनमार्फत पछिल्लो पुस्ताका उत्कृष्ट फुटवलरका रूपमा स्थापित मेसीको फुटबल कौशलसँगै उनले परिवारलाई दिने महत्वको पनि चर्चा हुने गरेको छ।

एन्टोनेल्ला आफ्ना पतिलाई अन्य फुटबल स्टारको तुलनामा पारिवारिक व्यक्तित्व मानिन्छन् । अन्य फुटबल स्टारहरू युरोपेली रात्रि क्लब र बार धाएको समाचार नियमित आइरहँदा मेसीलाई जोडेर भने यस्ता समाचार सार्वजनिक भएका छैनन् । बायाँ पाखुरामा आफ्नी आमाको तस्बिर खोपाएका मेसी बिदा र फुर्सदको समय आफ्नै परिवारसँग बिताउन रुचाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.