रामशरण महतका भतिजाको उम्मेदवारी खारेज गर्न उजुरी

रामशरण महतका भतिजाको उम्मेदवारी खारेज गर्न उजुरी

नुवाकोट : सरकारी नियुक्ति लिएका व्यक्ति आगामी मंसिर १० गतेको निर्वाचनका लागि उम्मेदवारी दिएको भन्दै खारेजीको माग गर्दै नुवाकोटमा उजुरी परेको छ । पन्चकन्या गाउंपालिकाको कविलासका रमेशकुमार महतको उम्मेदवारी खारेजीको माग गर्दै नुवाकोटको विदुरमा रहेको १ नं. निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । 

महतले नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । राजनीतिक नियुक्ति र सरकारी सुविधा लिइरहेका कारण उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको १ नं. क्षेत्र निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

पुर्वमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतका भजित रमेशकुमार महत कृषि विकास वैंक सञ्चालक समितिका सदस्य भएकाले उनको उम्मेदवारी प्रचलित कानुन विपरित रहेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै एमालेका उम्मेदवार वद्री मैनालीका प्रतिनिधि ज्ञानवहादुर तामाङले उजुरी दिएका हुन् ।

दावी उजुरी र वचाउका लागि मंगलवार दुवै पक्षलाई कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको अधिकृत लामिछानेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.