टिकट वितरणमा गुट र गठबन्धनको प्रभाव

टिकट वितरणमा गुट र गठबन्धनको प्रभाव

धादिङ: आसन्‍न प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि धादिङमा उम्मेद्वारी दर्ता भइसकेको छ। दुई प्रतिनिधि सभा र ४ प्रदेशसभा सदस्यको लागि विभिन्‍न राजनैतिक दल र स्वतन्त्र व्‍यक्तिहरु गरी ५९ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यसपटकको निर्वाचनमा बाम गठबन्धन बनाएर अगाडी बढेको नेकपा एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताद्धय राजेन्द्र पाण्डे र शालिकराम जम्कटेल एउटै निर्वाचन क्षेत्रमा परेपछि को उठ्ने विषयमा झन रोचक बनेको थियो।

 

अझ बाम गठबन्धनले गर्दा टिकटका प्रत्यासीद्वय पाण्डे र शालिकराम मध्ये १ बाहिरीने हल्ला चलिरहदा अन्तत दुवैजनाले प्रदेश सभाको लागी टिकट लिएका छन्।उम्मेद्वारी दर्ता अघिसम्म निकै नै चासोपूर्वक हेरिएको धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा एकाएक उम्मेद्वारहरु परिवर्तन भएपछि भने निर्वाचनमा प्रतिस्पर्धा निकै रोचक बनेको छ।

नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका पुर्वमन्त्री राजेन्द्र पाण्डेलाइ एमाले क्षेत्रिय कमिटिले उम्मेद्वारको रुपमा सिफारिस नै नगरेपछि त झन एमाले धादिङमा विवाद चुलिएको थियो।

बाम गठबन्धहरुवीचमा धादिङको १ नं क्षेत्र कसले लिने भन्ने विषयमा छलफल चलिरहेको बेला ओली निकट मानिने एमाले धादिङ अध्यक्ष भुमि त्रिपाठीले पनि १ नं क्षेत्रको टिकट दावी गरेपछि भने प्रतिस्पर्धा रोचक बन्‍न पुग्यो।

एकातिर गंगालाल तुलाधर, राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी र धनबहादुर जस्ता पुराना नेताहरुको ब्यवस्थापन गर्नुपर्ने अर्कोतिर भुमि त्रिपाठी, खेम लोहनी र नेत्र पौडेल जस्ता नया अनुहारको टिकट व्‍यवस्थापन गर्न एमाले धादिङलाइ निकै सकस परिरहेका बेला एमाले धादिङको टिकट वितरणमा पनि केन्द्रिय गुटगत राजनितिको प्रत्यक्ष प्रभाव रह्यो।

ओली निकट मानिने त्रिपाठी र लोहनीले दुवै क्षेत्रको प्रतिनिधि सभाको टिकट पाएपछि गुटको सन्तुलन मिलाउन क्षेत्र नं २ मा माधव नेपाल निकट रहेका डाक्टर रामकुमार अधिकारीले प्रदेश सभाको टिकट पाए भने ३ नम्वर प्रदेशको भावी मुख्यमन्त्री बनाउने आस्वाशन देखाउदै राजेन्द्र पाण्डेलाइ प्रदेश सभाको टिकट दिइयो।

प्रतिनिधि सभाको टिकट दावी गरिरहेका पाण्डे एकाएक प्रदेश सभामा झरेपछि नेकपा एमालेले क्षेत्र नं १ को क प्रदेश सभामा सर्वसम्मत उम्मेद्वार सिफरिस गरेको नेत्र पौडेललाइ पछि हटाएको थियो।

उता, बाम गठबन्धनको ६०÷४० को निति अनुरुप माओवादीको भागमा २ सिट परेपनि माओवादीले दुवै सिट प्रदेश सभामा लिएपछि क्षेत्र नं २ को प्रतिनिधि सभामा एमाले कै उम्मेद्वार खेम लोहनीलाइ चिट्ठा परेको छ।

एमाले माओवादी गठबन्धन गर्दा प्रतिनिधि सभाको एउटा एउटा सिट बाँडफाड गर्ने बताइएपनि क्षेत्र नं १ एमालेले लिएपछि क्षेत्र नं २ मा बलियो देखिएको काँङग्रेस संग प्रतिस्पर्धा गर्नको लागि माओवादी केन्द्रसंग सशक्त उम्मेद्वार नभएकाले उसले प्रदेशसभा नै रोजेपछि लोहनीको भाग्य खुलेको थियो। टिकट वितरणमा ओली प्यानल हावी हुँदा नेपाल निकट पुर्व साँसद गुरु बुर्लाकोटी क्षेत्र नं २ मा छाँयामा परे।

काँङग्रेसमा उस्तै प्रतिस्पर्धा
विगतको स्थानिय निर्वाचनमा हालको निर्वाचन क्षेत्र नं १ मा तुलनात्मक रुपमा कमजोर देखिएको काँङग्रेसले पनि नयाँ अनुहार अघि सारेको छ। राप्रपासँग लोकतान्त्रिक गठबन्धन गरेको काँग्रेसले क्षेत्र नं २ को ख प्रदेश (बुद्धिमान तामाङको क्षेत्र) राप्रपालाइ दिएर वाँकी ५ सिटमा आफ्ना उम्मेद्वार उठाएको छ।

लोकतान्त्रिक गठबन्धनका ५ सिट मध्ये काँग्रेसमा विगतका निर्वाचनहरुमा भागै नलिएका ४ जना नयाँ अनुहार यसपालीको निर्वाचनमा अघि सरेका छन्।बाम गठबन्धन गर्दा एमाले र माओवादीमा देखिएको असमझदारीको वीचमा पसेर फाइदा लुट्ने रणनिति बनाएको नेपाली काँग्रेसले विगतको संविधान सभा निर्वाचनमा जम्कटेलसँग रहेका तर स्थानीय चुनाव अघि नेपाली काँङग्रेस प्रवेश गरेका धादिङ उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष शिव सुवेदीलाइ जम्कटेलको प्रतिस्पर्धीको रुपमा अघि सारेको छ।

त्यस्तै क्षेत्र नं १ को प्रतिनिधि सभाको लागि गठबन्धनका त्रिपाठीसंग प्रतिस्पर्धा गर्न युवा ब्यवसायी विश्व अर्याललाइ अघि सारेको छ।

क्षेत्र नं २ मा निकै नै बलियो देखिएको काँग्रेसले कानुन न्याय तथा संसदीय ब्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनलाइ अघि सारेको छ। पाख्रिन काँग्रेसका पुराना दिवंगत नेता दामन पाख्रिनका छोरा हुन। देउवा निकट मानिएका दिलमान जनजाती कोटाबाट समेत टिकट लिनको लागि योग्य भएपछि प्रतिनिधि सभाको टिकट दौडबाट काँग्रेस धादिङका सभापति रमेश धमला बाहिरिएका थिए।

प्रतिनिधि सभाको टिकट दावी गरिरहेका पुर्व सभापति एवं पुर्व सांसद रामनाथ अधिकारीलाइ मनाउदै आफुले टिकट लिने प्रयास गरिरहेका धमलालाइ काँग्रेस केन्द्रले प्रदेश सभाको टिकट दिएको थियो।

क्षेत्रनं २ को क प्रदेशमा काँग्रेस बलियो भएपनि बाम गठबन्धनलाइ प्रभाव पार्ने नेताको खोजी हुँदा नचाहेरै पनि धमलाले प्रदेश सभाको टिकट लिनुपर्‍यो। जसले गर्दा क्षेत्र नं २ अन्तरगत प्रदेशसभा क को टिकट पाउने पक्कापक्की जस्तै भएका नेता यमनाथ दनै पछि हट्न बाध्य भए।

किन झरे पाण्डे र जमरकटेल प्रदेश सभामा
नेपाल गुटमा रहेका कारण प्रतिनिधि सभाको टिकट पाउने सम्भावना कम हुदै गएका पाण्डे सर्वसम्मत उम्मेद्वार सिफारिस भएका नेत्र पौडेललाइ पछि हटाउदै प्रदेश सभाको टिकट लिन राजी भए।

एमाले स्रोतका अनुसार ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीको आश्वासन पाएपछि राजेन्द्र पाण्डे प्रदेश सभाको टिकट लिन राजी भएका हुन।

पाण्डेले पनि आफु मुख्यमन्त्री नै बन्नको लागि प्रदेश सभामा उम्मेद्वारी दिएको बताए । उनले भने, ‘म २०४८ सालदेखी नै ४ पटकसम्म केन्द्रिय संसदमा जितेर संसदमा सचेतक, पार्टीको तर्फबाट मन्त्री भइसकेको मान्छे हो।

अब बन्ने प्रदेश सरकारले जनताको लागि धेरै नै काम गर्नुपर्ने हुन्छ, मुख्यमन्त्री अलि अनुभवी पनि चाहिने भएकाले मेरो अनुभव र पार्टीका पुर्‍याएको योगदानका आधारमा भावी मुख्यमन्त्रीको रुपमा अघि सर्न अनुरोध आएकाले म प्रदेश सभामा झरेको हुँ।' तर ३ नम्वर प्रदेशको मुख्यमन्त्री बन्नको लागि एमालेबाटै पशुपति चौलागाँइ र शेर बहादुर तामाङले पनि इच्चा देखाइरहेकाले पाण्डेको मुख्यमन्त्री बन्ने बाटो भने सहज देखिएको छैन।

अन्नपुर्णसँगको कुराकानीमा चौलागाँइ र तामाङको भन्दा आफ्नो योगदान पार्टीमा ठुलो रहेकाले आफुलाइ नै पार्टीले मुख्यमन्त्री बनाउनेमा पाण्डे ढुक्क देखिए।यता धादिङ क्षेत्र नं १ कै प्रतिनिधि सभाको टिकट दावी गरिरहेका माओवादी केन्द्रका प्रभावशाली नेता शालिकराम जम्कटेलले पनि प्रतिनिधि सभा छाडेर प्रदेश सभाको टिकट लिए।

२०७० को संविधानसभा निर्वाचनमा राजेन्द्र पाण्डेसंग पराजित जम्कटेल उनै पाण्डेसंग सहकार्य गरेर प्रदेश सभाको लागि उठेका छन्। जम्कटेल जसरी पनि प्रतिनिधि सभाको टिकट लिने दाउमा रहेपनि बाम गठबन्धन गर्दा १ नं क्षेत्र एमालेको भागमा परेपछि जम्कटेल जिल्लिएका थिए।

अन्ततः उनले पन क्षेत्र नं १ कै ख प्रदेशका लागि टिकट पाएका छन्। बाम गठबन्धनकै कारण प्रतिनिधि सभाको टिकट नपाएको स्वीकार्दै जम्कटेलले भने, ‘मैले पनि क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि दावी गरेको हो, हामी गठबन्धन बनाएर गइसकेपछि केही कुरा त्याग्नु पर्छ, सवैको सजिलोको लागि र गठबन्धनलाइ बलियो बनाउनको लागि म प्रदेश सभामा झरेको हो, मैले यसलाइ सहज रुपमा लिएको छु।'

गुट र गठबन्धनको शिकार
गत संविधानसभाको निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित भएका गुरु बुर्लाकोटी र क्षेत्र नं १ बाट निर्वाचित भएका धनबहादुर घले तथा धादिङ क्षेत्र नं २ वाटै समानुपातिक सभाषद बनेका रहेका गंगालाल तुलाधर भने बाम गठबन्धन र गुटगत राजनितिको शिकार बने।

प्रतिनिधि सभाको दुवै निर्वाचन क्षेत्रमा ओली निकटका उम्मेद्वारहरुले टिकट हत्याउदा नेपाल निकट बुर्लाकोटी र तुलाधरले ले प्रदेश सभाका चासो देखाएनन भने गठबन्धका कारण २ नं क्षेत्रको ख प्रदेश माओवादी केन्द्रलाइ छाड्नुपर्दा निर्वतमान साँसद धन बहादुर घलेको प्रदेश सभाको समेत टिकट फुत्कियो।

त्यस्तै लोकतान्त्रिक गठबन्धनका कारण क्षेत्र नं २ को प्रदेशसभा ख मा जित्ने नै आँकलन गरिएका काँग्रेस नेता तिलक रुवालीले पनि राप्रकाका उम्मेद्वारलाइ सघाउनु परेको छ।

गत संविधान सभाको निर्वाचनमा एमालेका साँसद धन बहादुर घलेका निकटम प्रतिद्धन्दी बनेको रुवाली प्रदेशसभाको लागि पक्कापक्की जस्तै भएको अवस्थामा राप्रपासंगको तालमेलले टिकट गुमाउनु परेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.