राजापुर नगरपालिका कार्यकारी अधिकृत विहीन

राजापुर नगरपालिका कार्यकारी अधिकृत विहीन

बर्दियाः बर्दियाको राजापुर नगरपालिका कार्यकारी अधिकृत विहिन भएको छ। दशैअघि सरुवा भएका अधिकृतको ठाउँमा मन्त्रालयले नयाँ अधिकृत नपठाएपछि राजापुर नगरपालिका कार्यकारी विहिन भएको हो।

 

हामीले मन्त्रालयमा पटक पटक कार्यकारी अधिकृत माग गरिसकेका छौं तर अहिले सम्म मन्त्रालयले कसैलाई पठाएको छैन राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरीले बताए। उनले भने, 'मन्त्रालयले छलफल गरी कार्यकारी पठाउँछौ भन्छ तर कहिले पठाउने हो। कर्मचारी समायोजनका कारण पनि कर्मचारी आउन ढिलाई भैरहेको उनले बताए।

नगरपालिकाको मोटामोटी कामकाज भैरहेपनि कार्यकारी अभावमा पहिलो चौमासिकमा गर्ने कामहरु तदारुकताका साथ हुन सकेको छैन। उनले थपे, 'विकास निर्माणको काम ठप्प भएकाले कठिनाई परेको छ। आर्थिक कारोवारको जिम्मेवारी कार्यकारीलाई भएकाले पनि समस्या आएको हो।

अहिले सम्म उपभोक्ता समिति गठनको काम वाहेक अरु काम हुन नसकेको मेयर चौधरीको भनाई छ। कार्यकारी अधिकृत नहुँदा कर्मचारीले तलव भत्ता समेत खान नपाएको कर्मचारीको गुनासो छ। राजापुर नगरसभाले चालु तथा पुँजीगत गरी ५३ करोड रुपैया बजेट विनियोजन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.