चिनियाँ राष्ट्रपति सीको विचारलाई समावेश गर्न संविधान संशोधन

चिनियाँ राष्ट्रपति सीको विचारलाई समावेश गर्न संविधान संशोधन

बेइजिङ : चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनले वर्तमान राष्ट्रपति सी जिनफिङलाई तेस्रो शक्तिशाली नेताका रूपमा मान्यता दिएको छ। गत बुधबार सुरु भई मंगलबार समापन भएको महाधिवेशनले चीन तेस्रो चरणमा प्रवेश गरेको पनि बताएको छ। सीका सहयोगी कैयौं नेताको कार्यकाल पनि थपिएको छ। ६४ वर्षीय सीको नाम र उनको विचारलाई चिनियाँ कम्युनिस्ट पार्टीले संविधानमा उल्लेख गर्ने भएको छ। उनको विचारलाई पार्टीको विधानमा स्थान दिइएपछि पार्टीका संस्थापक अध्यक्ष सी माओ चदुङपछि उनी तेस्रो शक्तिशाली नेताका रूपमा देखापरेका छन्।

सीको उदयपछि चीन लगातार विश्वमा शक्तिशाली रूपमा देखापरेको भन्दै सर्वसम्मतिले उनको विचारधाराको सम्मान गरेको थियो। उक्त महाधिवेशन प्रत्येक पाँच वर्षमा हुने गरेको छ।

सम्मेलनमा २ हजार ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी थिए। ग्रेट हल अफ पीपलमा सम्पन्न महाधिवेशनले पार्टीको पदीय क्रममा सीलाई प्रथम र ६२ वर्षीय प्रधानमन्त्री ली खछियाङलाई दोस्रो स्थान प्रदान गरेको छ। अब उनीहरू दुवैजना आगामी पाँच वर्षसम्म उच्च नेतृत्वमा रहनेछन्। उनीहरू दुवैजना सन् २०१२ मा सत्तासीन भएका थिए।

पार्टीको सात सदस्यीय स्थायी समितिका लागि पाँचजना नयाँ सदस्य चुनिनेछन्। उक्त समितिमा सीले आफू निकटस्थ व्यक्ति चुन्न सक्नेछन्। यसबाट उनी शक्तिशाली बनिरहन सहज हुनेछ। सी नै हाल चीनका सर्वाधिक शक्तिशाली नेता मानिन्छन्। उनी राष्ट्रपति हुनुका साथै सेना प्रमुख पनि हुन्।

सन् २०२२ मा उनको पदावधि सकिने भए पनि पार्टीमा निकै शक्तिशाली भएकाले तेस्रो कार्यकाल पनि काम गर्न सक्ने अनुमान गरिन थालेका छन्।

माओ चदुङ र उनका उत्तराधिकारी तङ स्याओ पिङको विचारधारा जस्तै राष्ट्रपति सीको विचारलाई संविधानमा सामेल गर्न संविधान संशोधन

 सीकै निम्ति संविधान संशोधन
चिनियाँ कम्युनिस्ट पार्टीले मंगलबार आफ्नो संविधानमा संशोधन गर्न पनि अनुमति दिएको छ। राष्ट्रपति सी र उनको विचारलाई संविधानमा सामेल गर्न संविधान संशोधन गर्नुपरेको हो। माओ चदुङ र उनका उत्तराधिकारी तङ स्याओ पिङको विचारधारा सामेल गर्न पनि यस्तै संशोधन गरिएको थियो।

पूर्वराष्ट्रपतिद्वय हु चिन थाओ र चियाङ चमिनको विचारधारा संविधानमा सामेल गरिए पनि उनीहरूको नाम भने संविधानमा उल्लेख गरिएको थिएन। सीलाई कम्युनिस्ट पार्टीको नियमको हवाला दिएर कसैले पनि चुनौती दिन सक्नेछैन।

सीको राजनीतिक विचारधारा अब चिनियाँ विद्यालयका पाठ्यक्रममा राखिने भएको छ। परिवर्तनकारी नेताका रूपमा उनको चित्रण गर्दै राष्ट्रवादी भावना वृद्धि गर्न यसबाट सहयोग पुग्ने बताइएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार शिक्षामन्त्री चेन बाओसङले महाधिवेशनको शुरुवातमा पेश गरेको नयाँ विचारधारा पाठ्यक्रममा राखिनेछ। सीको विचारधारा निम्नमाध्यमिक तहमा पढाइनेछ।

शैक्षिक प्रतिष्ठान, सरकारी कर्मचारी, कम्युनिस्ट पार्टीका नौ करोड सदस्यले पनि सीको विचारधारा पढ्नुपर्नेछ। योसँगै तेस्रो चरण अर्थात् चिनियाँ समाजवादी युग शुरु भएको घोषणा गरिएको छ। पहिलो चरण माओको समयलाई मानिएको छ। उनले गृहयुद्धमा फसेको चीनलाई मुक्त गर्न एकजुट गराएका थिए। दोस्रो चरण तङ स्याओपिङको मानिन्छ। उनले चीनलाई अनुशासित र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.