सचिव सरुवामा मनपरी, रातारात सच्चियो सरुवाको निर्णय

सचिव सरुवामा मनपरी, रातारात सच्चियो सरुवाको निर्णय

काठमाडौं : सरकारले सचिव सरुवाको निर्णय रातारात सच्याएर मनपरी गरेको छ । अघिल्लो दिन एक निकाय वा मन्त्रालयमा सरुवा भएका सचिव भोलिपल्ट अर्को मन्त्रालयमा परेका छन् । सरकारले केही सचिवलाई रातारात मनलागी सरुवा गरेको छ भने केहीलाई थमौतीमा पारेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको थियो । सचिवहरूको सरुवा मनपरी गरी रातारात सच्याएर प्रशासनिक क्षेत्रमाथि चरम हस्तक्षेप गरेको आरोप प्रशासकले लगाएका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको सरुवा सोमबार लोकसेवा आयोगमा भएको थियो । मंगलबार भने उनको सरुवा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा भएको छ भने आयोग सचिवविहीन बन्न पुगेको छ । आयोगको नेतृत्वले उपाध्यायलाई अस्वीकार गरेपछि सरकारले उनलाई ‘ब्याक’ गरेको स्रोतले जनाएको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सचिव पठाउनुअघि आफ्नो राय नलिएको भन्दै मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीस“ग टेलिफोनमार्फत असन्तुष्टि जनाएका थिए ।

उपाध्यायलाई महिला मन्त्रालयमा पठाएपछि त्यहाँका सचिव प्रेमकुमार राईको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको छ । सचिव राईको डेढ महिनाअघि मात्र आपूर्ति मन्त्रालयबाट महिला, बालबालिका तथा समाजकल्याणमा पुगेका थिए ।

क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका सचिव रेश्मीराज पाण्डे सबैभन्दा बढी प्रभावित भएका छन् । पाण्डेको सरुवा सोमबार सामान्य प्रशासन मन्त्रालयमा भएको थियो । धेरै साथीभाइले पाण्डेलाई सोमबार बधाई तथा शुभकामना पनि दिए तर मंगलबार उनको सरुवा क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामैै थमौती हुन पुगेको छ । उनलाई त्यहीं राखेर सरकारले सामान्य प्रशासनमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालालाई लगेको छ । उद्योग मन्त्रालयमा भने मंगलबार नै सूचना आयोगकी सचिव यमकुमारी खतिवडाको सरुवा भएको छ ।

यसैगरी, सरकारले सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । सञ्चार मन्त्रालयमा भने प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयकै सचिव रामकुमार आचार्यलाई सरकारले महालेखा नियन्त्रक कार्यालयमा पुर्‍याएको छ ।

सोमबार सचिवमा बढुवा भएका प्राविधिकतर्फका विष्णुओम वादेको पदस्थापन राष्ट्रिय सतर्कता केन्द्रमा भएको छ । सरकारले तराई-मधेस बाढी व्यवस्थापन आयोजना प्रमुखमा राज्यमन्त्रीसरह सुविधा पाउने गरी डा. सुमन कर्णलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.