घोषणापत्रविनै दलहरू चुनाव प्रचारमा

घोषणापत्रविनै दलहरू चुनाव प्रचारमा

 

काठमाडौं : चुनावी एजेन्डा र घोषणापत्रविनै मुख्य दलहरू चुनाव प्रचारप्रसारमा होमिएका छन् । प्रचारमा गइसकेका दलहरूले घोषणापत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेको कांग्रेसले उम्मेदवारी घोषणासँगै धेरै जिल्लामा प्रचारप्रसार सुरु गरिसकेको छ ।

पार्टी नेता गगन थापाले पहिलो र दोस्रो चरणको निर्वाचनका प्रचार प्रसारका लागि बालकृष्ण खाँडको संयोजकत्वमा निर्वाचन प्रसारप्रसार समिति गठन गरिएको र शीर्ष नेताहरू खटिने स्थानका विषयमा छिट्टै निर्णय हुने जानकारी दिए । घोषणापत्रको मस्यौदालाई मंगलबार पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेतासँग छलफल गरी स्वीकृत गरेको छ । ‘तीन दिनभित्रै पार्टीले घोषणापत्र सार्वजनिक गर्नेछ’, थापाले अन्नपूर्णसँग भने ।

निर्वाचनमा दलहरूसँग तालमेल गरिए पनि कांग्रेसको एकल घोषणापत्र हुने नेता खाँड बताउँछन् । तर, निर्वाचन प्रसारप्रसार भने संयुक्त रूपमा गर्ने गरी कार्यक्रम तय गरिने उनले जनाए ।दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट गरेपछि औपचारिक रूपमा निर्वाचन प्रसारप्रसार सुरु हुने कांग्रेसले जनाएको छ ।

 

दोस्रो चरणको उम्मेदवार छनोटका लागि कांग्रेसले बुधबार संसदीय बोर्डको बैठक डाकेको छ ।माओवादीसँग चुनावी तालमेल गरेको एमालेले पनि चुनाव प्रचारप्रसारलाई तीव्र पारेको छ । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो ढंगले जिल्लामा चुनावी कार्यक्रम सुरु गरिसकेको बताए । एमाले-माओवादीले कात्तिक १० मा संयुक्त घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् ।

दोस्रो चरण अर्थात् मंसिर २१ को निर्वाचनका लागि उम्मेदवार छनोट कार्य भइरहेको र घोषणापत्र सार्वजनिक भएपछि औपचारिक रूपमा चुनावी अभियान सुरु हुने एमाले प्रचार विभाग प्रमुख ज्ञवालीले बताए । उनका अनुसार संयुक्त रूपमा जिल्ला-जिल्लामा चुनावी कार्यक्रम गरिनेछ । पार्टी अध्यक्ष केपी ओली तथा पुष्पकमल दाहाल भने संयुक्त रूपमा चुनावी सभामा सहभागी हुनेछन् ।

अध्यक्ष ओलीले ताप्लेजुङदेखि दार्जुलासम्मको चुनावी अभियानमा सहभागिता जनाउनेछन् । ‘दाहाल पनि महत्वपूर्ण चुनावी सभामा ओलीसँगै जानुहुनेछ’, ज्ञवालीले भने ।
प्रत्यक्षतर्फ कात्तिक ५ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ८ मा निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मंसिर २१ मा हुने निर्वाचनका लागि कात्तिक १६ मा उम्मेदवारी मनोयनको कार्यक्रम छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि ३२ वटै जिल्लामा एकल रुपमा चुनावी अभियान सुरु भइसकेको जानकारी दिइन् । ‘दोस्रो चरणको उम्मेदवार छनोट टुंग्याएपछि मात्रै संयुक्त रूपमा चुनावी अभियान सुरु हुनेछ’, उनले भनिन् ।

संघीय समाजवादीसँग चुनावी तालमेल गरेको राष्ट्रिय जनता पार्टी नेपालले पनि चुनावी अभियान सुरु गरेको छ । राजपाका नेता लक्ष्मणलाल कर्णले पहिलो चरणको निर्वाचनका लागि आ-आफ्नो जिल्लामा चुनावी अभियान सुरु गरिसकेका बताए ।

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोट भएपछि केन्द्रीय नेता पहिलो चरणको निर्वाचनको चुनावी प्रचारप्रसारमा सहभागी हुने उनी बताउँछन् ।
पहिलो चरणको निर्वाचनमा भने राजपाका केन्द्रीय नेताले उम्मेदवारी दिएका छैनन् । राजपाले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छैन । चार÷पाँच दिनभित्रै घोषणापत्र जारी हुने नेता कर्ण बताउँछन् ।

यता, समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि असोज २९ मा उम्मेदवारको बन्दसूची पेस गरेका दलले सूचीलाई पूर्णता दिने काम गरिरहेका छन् ।
समानुपातिक उम्मेदवारको कात्तिक १७ मा अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भएकाले दलहरू बन्दसूची सच्याउन व्यस्त छन् ।

बन्दसूचीमा जातजातिको प्रतिशत तथा अन्य प्रक्रिया नमिलेको भन्दै आयोगले अधिकांश दललाई सञ्चाएर पेस गर्न पत्र काटेको छ । पहिलो चरणको निर्वाचनमा ३४ दल प्रत्यक्षतर्फ निर्वाचन लड्दै छन् । पहिलो चरणका लागि प्रतिनिधिसभा र प्रदेशसभामा ८ सय ३ जनाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ भने जम्मा ४९ दल सहभागी हुँदै छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.