मोटोरोलाको नेपालमा पुनरागमन

मोटोरोलाको नेपालमा पुनरागमन

काठमाडौं : करिब सात वर्षपछि मोटोरोला पुनः नेपाली बजारमा प्रवेश गरेको छ। कुनै समय नेपाली बारफोनको बजारमा राज गरेको मोटोरोला स्मार्टफोनका रूपमा नेपाली बजारमा आएको हो। कम्पनीले मंगलबार एकैपटक नेपाली बजारमा दुई सिरिजका चार स्मार्टफोन सार्वजनिक गरेको छ। पछिल्लो समय मोटोरोला अर्थात् ‘मोटो'का रूपमा विश्व स्मार्टफोन बजारमा चिनिएको मोटोरोलालाई नेपालमा लाइफकम प्रालिले भित्र्याएको हो।

ह्यान्ड सेट उत्पादन गर्ने पहिलो कम्पनीका रूपमा रहेको मोटोरोला सन् १९९७ सम्म पनि मोबाइल बजारको ‘लिडर'का रूपमा रहेको थियो। मार्केट सेयरबारे अध्ययन गर्ने संस्था ‘स्टाटिस्टा'ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९९७ मा मोटोरोला २३.५ मार्केट सेयरका साथ पहिलो स्थानमा थियो। उक्त समयमा नोकिया १९.१ प्रतिशत मार्केट सेयरका साथ दोस्रो स्थानमा थियो।

तर त्यसपछिका वर्षमा नोकियाले मोटोरोलालाई पछि पार्दै अघि बढ्यो। नेपाली बजारमा पनि मोटोरोला नोकियाको अप्सनका रूपमा थियो। त्यो समयमा नेपाली मोबाइल प्रयोगकर्ताको हातमा नोकिया अथवा मोटोरोला नै हुन्थ्यो। नोकियासँग पछि परेको मोटोरोला सन् २०१२ मा आइपुग्दा नगण्य भयो। स्न २०१२ मा कम्पनीको मार्केट सेयर १.७ मात्र छ।

कम्पनीले सन् २०१० बाट गुगलसँगको सहकार्यमा स्मार्टफोन बजारमा ल्याएको थियो। तर त्यसले पनि खासै प्रभाव पार्न सकेन। यस्तो अवस्थामा मोटोरोलाको ‘मोटो' सिरिज कम्पनीका लागि नयाँ आयाम सावित भयो। सन् २०१३ मा पहिलोपटक कम्पनीले मोटो जी स्मार्टफोन सार्वजनिक गरेको थियो। यो स्मार्टफोनले विश्वबजारमा मोटोरोलालाई फेरि उकास्न मद्दत गरेको छ।


पछिल्लो समय मोटोरोला अर्थात् ‘मोटो'का रूपमा विश्व स्मार्टफोन बजारमा चिनिएको मोटोरोलालाई नेपालमा लाइफकम प्रालिले भित्र्याएको हो।

सन् २०१४ को अन्त्यमा लेनोभो गु्रप होल्डिङ कम्पनीले मोटारोलालाई खरिद गरे तापनि मोटोरोलाको मोटो जीलगायत अन्य उत्पादनलाई भने निरन्तरता दिएको छ। त्यही उत्पादनमध्ये कम्पनीले नेपाली बजारमा मोटो सी, मोटो सी प्लस, मोटो ई४ र मोटो ई४ प्लस सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्नेछ। आकर्षक डिजाइन र उत्कृष्ट प्रविधिका साथ बजारमा सार्वजनिक भएको मोटोरोलाका स्टर्माफोन मिड रेन्जमा उपलब्ध छन्।

मोटोरोला मोबिलिटी प्रालिका कन्ट्री म्यानेजर सुधिन माथुरका अनुसार मोटोरोलाका नयाँ स्मार्टफोनले हरेक वर्गका प्रयोगकर्ताको मागलाई प्रतिनिधित्व गर्न सक्नेछ। साथै प्रयोगकर्तालाई यो स्मार्टफोनले फरक अनुभव प्रदान गर्ने उनको भनाइ छ। उनका अनुसार मोटो सी र मोटो ई कम्पनीको सफल उत्पादन हो। सस्तो मूल्यमा ग्राहकले धेरैभन्दा धेरै सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार नेपालमा भित्रिएको स्मार्टफोनमध्ये मोटो ई ४ प्लसमा ५.५ इन्च फुल एचडी डिस्प्ले, १३ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, पाँच हजार एमएएच क्षमताको ब्याट्री, फिंगर प्रिन्टलगायत सुविधा छन्। यसको बजारमूल्य २० हजार ९ सय ९० रूपैयाँ तोकिएको छ। त्यस्तै एन्ड्रोइड ७ मा आधारित मोटो ई ४ मा ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। दुई हजार आठ सय एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्टफोनको बजार मूल्य १६ हजार दुई सय ९० छ।

१३ हजार ९ सय ९० रूपैयाँमा बजारमा आएको कम्पनीको मोटो सी प्लसमा ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सेलको रियर र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको स्मार्टफोनमा चार हजार एमएएच क्षमताको ब्याट्री छ। एन्ड्रोएड ७.१ मा आधारित यो स्मार्टफोन नेपाली बजारमा फाइन गोल्ड कलरमा उपलब्ध छ।

त्यस्तै १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको मोटो सी एन्ड्रोएड ७.१ मा आधारित छ। स्मार्टफोनमा आठ जीबी इन्टर्नल मेमोरी र दुई हजार तीन सय ५० एमएएच क्षमताको ब्याट्री छ। यो स्मार्टफानेको बजार मूल्य १० हजार नौ सय ९० रूपैयाँ छ। साथै कम्पनीले आफ्नो बजार विस्तारका लागि केही समयभित्र अन्य सिरिजका स्मार्टफोनसमेत सार्वजनिक गर्ने जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.