एभरेस्ट प्रिमियर लिग क्रिकेटको मुख्य प्रायोजकमा टीभीएस

एभरेस्ट प्रिमियर लिग क्रिकेटको मुख्य प्रायोजकमा टीभीएस

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो संस्करणलाई मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले मुख्य प्रायोजन गर्ने भएको छ । टीभीएसको नेपालस्थित आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्स प्रालि र ईपीएलबीच मंगलबार यससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जगदम्बा मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक साहिल अग्रवाल र ईपीएलको तर्फबाट प्रबन्ध निर्देशक आमिर अख्तरले हस्ताक्षर गरे ।

दुवै पक्षले मुख्य प्रायोजनको रकम भने सार्वजनिक गरेका छैनन् । यद्यपि मुख्य प्रायोजक बनेबापत जगदम्बा मोटर्सले प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई एउटा टीभीएस मोटरसाइकल प्रदान गर्नेछ भने प्रतियोगिताको पहिलो हुने टोलीले प्राप्त गर्ने २१ लाख रुपैयाँको पुरस्कार रकम पनि प्रायोजन गर्नेछ । यसैगरी केही प्रचारात्मक सामग्रीमा पनि टीभीएसले आर्थिक सहयोग गर्ने सम्झौता भएको बताइएको छ । प्रतियोगिताको नाम पनि टीभीएस ईपीएल हुनेछ ।

 

सम्झौता हस्ताक्षण कार्यक्रममा टीभीएसका वरिष्ठ उपाध्यक्ष आर दिलीप पनि उपस्थित थिए । उनले नेपाली क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘टीभीएस भारतमा पनि क्रिकेटसँग नजिकबाट जोडिँदै आएको छ । नेपालमा पनि क्रिकेटसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ’, उनले भने, ‘हाम्रो सहयात्राले नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने अपेक्षा गरेको छु ।’

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक अग्रवालले पनि ईपीएलसँगको सहकार्यमा खुसी व्यक्त गरे । ‘नेपालमा फरक तरिकाबाट आयोजना हुन लागेको ईपीएल क्रिकेटसँग हाम्रो सहकार्य नेपाली क्रिकेटको दूरगामी विकासका लागि महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ अग्रवालले भने, ‘नेपाली युवा खेलाडीका लागि महत्वपूर्ण अवसरको रूपमा रहेको यो प्रतियोगिताले भविष्यमा राष्ट्रका लागि ठूला प्रतिभा जन्माउनेछ ।’ अग्रवाल ईपीएलकै टोली पोखरा राइनोजका मालिक पनि हुन् ।

ईपीएलका प्रबन्ध निर्देशक अख्तरले टीभीएसको सहयोगले प्रतियोगिता अझ व्यवस्थित र प्रतिष्ठित बन्ने बताए । ‘हामी ढुक्क छौं, टीभीएससँगको यो सहकार्यले प्रतियोगिताको स्तर अझ माथि उठ्नेछ’, उनले भने । प्रतियोगिता आगामी डिसेम्बर १९ तारिखबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.