यी हुन् पाँच वर्ष चीनको नेतृत्व गर्न छानिएका नेता
एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिनपिङ पुन चिनियाँ कमयुनिष्ट पार्टीको महासचिवका लागि चुनिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन (कंग्रेस)ले बुधबार बिहान महासचिवका लागि पुन निर्वाचित गरेको हो । महासचिवसँगै महाधिवेशनले अन्य ६ जना स्थायी समितिका सदस्यहरुको चयन गरेको छ ।
जसमा ली केक्वीआङ, ली झाङशु, वाङ याङ, झाओ लेइ, हान झेङ र वाङ हुनिङ रहेका छन् । सीले यी ६ जनाको नेतृत्व गर्ने छन् । पाँचवर्षका लागि चीनको नेतृत्व गर्ने छन् । चीनको सत्ताको बागडोर चिनिया कम्युनिष्ट पार्टीको स्टान्डिङ कमिटीमा हुने गर्दछ । अबको पाँच वर्ष यीनै नेतृत्वले चीनलाई हाक्ने छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन(कंग्रेस) १८ अक्टुवरबाट बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरू भएको थियो । सी २०१२ मा भएको १८ औं महाधिवेशनबाट कम्युनिष्ट पार्टीको महासचिव र राष्ट्रपतिमा चुनिएका थिए ।