निर्वाचन नभए संसद्‍ ब्युँतिन्छ

निर्वाचन नभए संसद्‍ ब्युँतिन्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको सार्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाएका छन्। बुधबार सर्वोच्चले प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्न ‘बाध्यकारी’ रहेको जनाउँदै त्यस विषयमा भएको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको विषयप्रति प्रचण्डले आपत्ति जनाएका हुन्।

बिहीबार माओवादी नेता लक्ष्मण पन्तको पुस्तक ‘अधुनिक नेपालको इतिहास’ विमोचन गर्दै प्रचण्डले सर्वोच्चको निर्णयप्रति आपत्ति जनाएका हुन्। उनले निर्वाचन प्रयोजनका लागि विघटन भएको व्यवस्थापिमा संसद्‍ चुनाव हुन नसके ब्युँतिने दाबी समेत गरेका छन्।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘रुपान्तरित संसद्‍ निर्वाचन प्रयोजनका लागि विघटन भएको हो, विभिन्न षडयन्त्रमार्फत् निर्वाचन बिथोलिए संसद्‍ ब्युँतिन्छ।’

वाम शक्तिहरु एकताबद्ध भएर अगाडि बढेर निर्वाचनमा होमिएपछि चुनाव विथोल्ने षड्यन्त्र सुरु भएको आशंका समेत प्रचण्डले गरे। निर्वाचन प्रक्रिया अगाडि बढिसकेको अवस्थालाई सर्वोच्चले बुझ्नुपर्ने विश्वास आफूले लिएको उनको भनाइ छ। सर्वोच्चले निर्वाचन प्रक्रिया नबुझे स्थिति जटिल बन्ने उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.