गर्भावस्थाको फोटोसुट गर्ने रहर

गर्भावस्थाको फोटोसुट गर्ने रहर

भर्खर २०औं वर्षमा प्रवेश गरेकी हलिउड रियालिटी स्टार केली जेनरले ‘प्रेग्नेन्सी फोटोसुट’ गर्ने चाहना व्यक्त गरेकी छन् । केलीको यो चाहनाको खुलासासँगै उनी अहिले गर्भवती भएको प्रसंगले हलिउडमा चर्चा पाएको छ । प्रेम, रोमान्स, सेक्समा विन्दास केलीको ग्ल्यामरस छविले हलिउडमा बेलाबेला हंगामा नै मच्चाउने गरेको छ । केलीले आफू विश्वविख्यात गायिका बियोन्सको ठूलो फ्यान भएकाले उनले जस्तै ‘प्रेग्नेन्सी फोटोसुट’ गर्ने चाहना व्यक्त गरेकी हुन् । गायिका बियोन्सले पनि ‘प्रेग्नेन्सी फोटोसुट’ गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि भाइरल बनेको थियो ।

 

आफूले पनि बियोन्सले जस्तै जुम्ल्याहा बच्चा जन्माउन लागेको खुलासा पनि गरेकी छन । ‘फरक यत्ति हो बियोन्स ३६ वर्षको उमेरमा गर्भवती भइन्, म २० वर्षमा ।’ बियोन्सले जसरी गर्भावस्थामा सुन्दर र स्मरणीय फोटोसुट गराएकी थिइन् आफू त्यसबाट अत्यन्तै प्रभावित भएको केलीको भनाइ छ । ‘प्रेग्नेन्सी फोटोसुट’का लागि विभिन्न पोजको तयारी र अभ्याससमेत आफूले गरिरहेको उनको बताएकी छन् ।गर्भावस्थाका फोटोहरू इन्स्टाग्राममा राख्न चाहेको र ती तस्बिरहरू सबैभन्दा बढी रुचाइने उनले विश्वस्त पनि व्यक्त गरेकी छन् ।

ती फोटोमार्फत केलीले आफ्नी दिदी किम कादर्सिनको रेकर्डसमेत तोड्न चाहेको बताएकी छन् । तर यी कुराहरू औपचारिक रूपमा सार्वजनिक गरेपछि आफूलाई लाज लागेको समेत उनले बताएकी छन् । उनले भनेकी छन्, ‘तर सामाजिक सञ्जालमा यस्ता तस्बिर र भिडियो राख्न लाज लागेको छ ।’ बियोन्सको जुम्ल्याहा बच्चाको तस्बिर इन्टरनेटमा सबैभन्दा धेरै हेरिएको र खोजिएको थियो । केली पनि त्यसैबाट प्रेरित भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.