प्रियंकाको पछि लाग्न नायिकाको होडबाजी

प्रियंकाको पछि लाग्न नायिकाको होडबाजी

 

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को घोषणा कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले भनिन्, ‘जुनकिरी आर्टस्को ब्यानरमा बनेको पहिलो चलचित्रमा मलाई विश्वास गरेकोमा खुसी लागेको छ । यो यात्रा सफल रहोस् ।’ सहयात्री साथी केकी अधिकारी निर्मात्री रहेको चलचित्रमा अनुबन्धित भएकी प्रियंकाको आसय थियो, अभिनेत्रीले नै निर्माण गरेको चलचित्रमा काम गर्नु अझ रमाइलो हुन्छ ।

हुन त अहिले केकीमात्रै होइन अधिकारी निर्माता निर्देशकको रोजाइमा पर्छिन् प्रियंका । अहिले निःसन्देश नम्बर वान नायिकामा दह्रिएकी उनी अभिनीत चलचित्रले लोभलाग्दो व्यवसाय गरेको छ । धेरै चलचित्र सफलताको श्रेय उनले पाएकी छन् । उनलाई भ्याइनभ्याइ छ । अझै उनी ठूला बजेटका चलचित्रमा पहिलो रोजाइकी नायिका हुन् । प्रियंकालाई पछ्याउन अन्य समकालीन नायिकालाई धौ धौ नै छ । तर यो रफ्तार कहिलेसम्म रहन्छ भन्ने बहस चलचित्र क्षेत्रमा सुरु भइसकेको छ ।

 

उत्तिकै सम्भावना र प्रभावसहित पर्दामा प्रियंकालाई पछ्याइरहेका नायिकाहरूको रफ्तार बढ्दो छ । ग्ल्यामरस छविसहित पर्दामा उदार तनमनका साथ प्रस्तुत भइरहेका प्रियंका पछिका नायिकाहरूको बढ्दो क्रेजले अब उनको स्थान कसले लिने भन्ने होड सुरु भइसकेको छ ।

namrata-shresthaप्रियंकाले नायिका रेखा थापाको विरासत ओगटेकी हुन् । रेखाले एकछत्र राज गरिरहेका बेला प्रियंका उदाएकी थिइन् । रेखालाई उछिन्न प्रियंकालाई त्यति धेरै समय लागेन । रेखा र प्रियंकाको लय लगभग एउटै हो । दुवै विवाह अर्थात् रिलेसनपछि तर ग्ल्यामरस छविका साथ उद्योगमा स्थापित भएका हुन् । रेखाअघि निरुता सिंह चलचित्र उद्योगमा नम्बर वान नायिकाका रूपमा दह्रिएकी थिइन । तर निरुताको पहिचान पृथक् थियो । उनी रोनाधोना नायिकाका रूपमा चिनिन्थिन् ।

त्यसबेला चलचित्रको लहर पनि त्यस्तै थियो । दर्शकले नायिकाको पहिचान र छविमा परिवर्तन खोजिरहेका बेला रेखा ‘ग्ल्यामर क्रान्ति’ भनेर घोषित रूपमै चलचित्र उद्योगमा आएकी थिइन् । उनको त्यो सोच सफल पनि भयो । तर प्रियंकाको उदयपछि उनी क्रमशः रक्षात्मक अवस्थामा पुगेकी हुन् ।

 

maxresdefault_1अहिले प्रियंकापछि नम्बर वान नायिका को बन्ने भन्ने अघोषित होडबाजी सुरु भएको छ । यो दौडमा प्रियंकाका समकालीन र केहीपछि आएका नायिकाहरू पनि छन् । तर प्रियंकालाई उछिन्ने सम्भावना खासै देखिन्न । नम्रता श्रेष्ठ, निशा अधिकारी, ऋचा शर्मा, केकी अधिकारी, पूजा शर्मा, शिल्पा पोखरेल, वर्षा राउत पनि अहिले रुचाइएका नायिकामा पर्छन् । तर अब नम्बर वान नै बन्ने सम्भावना कमै छ । यही सूचीमा पर्छन् नीता ढुंगाना, बेनिशा हमाल, आशिश्मा नकर्मी, नम्रता सापकोटा, रीमा विश्वकर्मा, अनु शाह, वर्षा शिवाकोटी आदि ।

नम्बर वानको प्रतिस्पर्धामा साम्राज्ञी राज्यलक्ष्मी शाह अगाडि छिन् । भुवन केसी निर्देशित चलचित्र ड्रिम्सबाट रजतपट डेब्यु गरेकी २१ वर्षीया उनी सौन्दर्य प्रतियोगिता हुँदै चलचित्र क्षेत्रमा आएकी हुन् । चलचित्र ड्रिम्स, ए मेरो हजुर २ जस्ता उनी अभिनीत चलचित्रले राम्रो व्यापार गरेको छ । नयाँ पुस्तामा उनी सबैको रोजाइमा पर्ने नायिका हुन् ।

साम्राज्ञीकै हाराहारीको क्रेज छ अर्की २२ वर्षीया अभिनेत्री आना शर्माको पनि । चलचित्र जेरीबाट रजतपट डेब्यु गरेकी उनको दोस्रो चलचित्र ग्याङस्टार ब्लुजले सफल चलचित्रको सूचीमा नपरेपछि उनी अप्ठ्यारोमा परेकी छन् । तापनि अभिनय कला, सुन्दरता एवं उमेरका कारण उनी नम्बर वान नायिका बन्न सक्ने चलचित्रकर्मीको आकलन छ । चलचित्र जेरी प्रदर्शनपछि उनी भविष्यकी आसलाग्दी अभिनेत्रीका रूपमा चिनिएकी हुन् ।

keky_1चलचित्र ‘होस्टेल रिटन्र्स’पछि स्वस्तिमा खड्काले पनि चलचित्र क्षेत्रमा आशा जगाएकी हुन् । पछिल्लो चलचित्र दुई रुपैयाँसम्म आइपुग्दा दर्शकमाझ उनले पनि राम्रो छाप छाडिसकेकी छन् । अहिले नै नम्बर वानको दौडमा उनी नरहे पनि प्रभावशाली नायिकाका रूपमा आफूलाई उभ्याएकी छन् । प्रतिभावान् मानिए पनि अर्की नायिका माला लिम्बू खासै जम्न सकेकी छैनन् । सिंगापुरमा जन्मिएकी उनी चलचित्र ‘वन वे’बाट रजतपट डेब्यु गरेकी हुन् । पछिल्लो समय उनी चलचित्रभन्दा पनि म्युजिक भिडियो र आइटम डान्समा बढी देखिएकी छन् ।

नयाँ नायिकामा आँचल शर्मा निकै अगाडि छिन् । चलचित्र नाइँ नभन्नु ल ४ बाट चलचित्रमा डेब्यु गरेकी उनको दोस्रो चलचित्र जोनी जेन्टलमेन पनि दर्शकमाझ आइसकेको छ । चलचित्र लुट २ पछि एलिशा राई पनि चर्चामा छिन् । तर एलिशा लुट २ पछि ठूलो ब्यानरका चलचित्रमा दोहोरिएकी छैनन् । पछिल्लो समय निकै अपेक्षा गरिएकी नवनायिका हुन् दीपिका प्रसाईं । उनी अभिनीत चलचित्र ऐश्वर्य शुक्रबार नै रिलिज हुँदैछ । यदि यो चलचित्रले राम्रो व्यापार गर्न सक्यो भने अभिनयमा निःसन्देश उनको भाग्य चम्किनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.