यौनिकता बुझ्न चाहन्छिन् जोलीपुत्री

यौनिकता बुझ्न चाहन्छिन् जोलीपुत्री

चार वर्षको उमेरमै आफूलाई केटाको पहिरन लगाउन दिन अनुरोध गरिन् एन्जेलिना जोलीकी जेठी छोरी सिलोहले । भनिन्, ‘मम्मी मलाई मैले चाहेजस्तै लुगा लगाउन दिनुस् ।’ यति सानो उमेरमा उनले आफूलाई बालकका रूपमा चिनिन चाहनु अचम्मलाग्दो कुरा थियो । तैपनि उनका बुवा ब्राड पिट र मम्मी जोलीले सिलोहको भावनाको कदर गर्दै त्यसै गरे ।

 

 

अहिले ब्राड पिटसँग अलग रहेकी जोली केही दिनपहिला आफ्ना दुई छोरी ११ वर्षीया सिलोह र बाह्र वर्षीया जाहारासँग आफ्नो फिल्म ‘द ब्रेडविनर’को प्रिमियरमा देखा परिन् । प्रिमियरमा सिलोह टम ब्वाइका रूपमा देखा परेकी थिइन् भने जाहारा स्कर्टमा । ४२ वर्षीया जोलीकी जेठी छोरी सिलोहको उमेर बढ्दो छ । उमेरसँगै उनमा यौनिकताबारे अनेकन जिज्ञासा रहेको जोली बताउँछिन् ।

सन् २००८ मा ब्राड पिटको ओपरा विन्फ्रे सोमा छोरीले आफू जोन अथवा पिटर नामले चिनिन चाहेको बताएका थिए । जोलीले पनि भ्यानिटी फेयरमा छोरीले केटाको जस्तै गेटअप गर्न चाहेको स्वीकारिसकेकी छन् । छोरीको लैंगिक पहिचान के हो र उनमा के समस्या आएको हो भन्ने बुझ्न छोरीलाई लिएर अस्पताल पनि पुगेका थिए जोली र ब्राड । उमेर बढ्दै गएसँगै सिलोहको आकृति पुरुषको जस्तै देखिँदै गएको बताइएको छ । तर, उनका स्त्रीजन्य अंगहरू पनि बढ्दै गइरहेका छन्।

किशोरावस्थामा पुगेकी सिलोहका अंग नबढून् भन्ने उद्देश्यले हर्मोन नियन्त्रण गर्न अस्पताल पुगेका थिए उनीहरू । जोलीलेकी छोरी भने आफूलाई पूर्ण रूपमा जोन बनाउन चाहन्छिन् । ब्वाइज कट बनाउँछिन् । केटाको जस्तै पाइन्ट र सर्ट लगाउँछिन् । जोली र ब्राडले उनलाई जुनसुकै लिंगको भए पनि स्वीकार गर्ने बताएका छन् । जोली र ब्राडको सम्बन्ध अझै दोधारमा छ । ब्राड पुनः जोलीसँग मिल्न चाहेका छन् तर जोली आफ्ना बालबालिका र काममा मात्रै ध्यान दिइरहेकी छन् । उनले फेरि कुनै पनि सम्बन्ध बनाउन नचाहेको बताउँदै आएकी छन् । सन् २०१६ मा सम्बन्धविच्छेद गरेका भए पनि उनीहरू छोराछोरीका लागि सँगै काम गर्दैै आएका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.