अनियन्त्रित बिट क्वाइन मुद्रा
पछिल्लो समय नेपालमा पनि बिट क्वाइनको चर्चा बढ्दै गएको छ । कम्प्युटर सफ्टवेयरमार्फत गणितीय सूत्रको उपयोगद्वारा बिनाझन्झट इन्टरनेटमा गरिने पैसाको कारोबार नै बिट क्वाइन मनी । विश्वमा बिट क्वाइनमा लगानी बढिरहेको छ । बिट क्वाइन एक प्रकारको भर्चुअल पैसा हो । यसलाई इलेक्ट्रोनिक रूपमा मात्रै कारोबार गर्न मिल्छ । यो पैसालाई कसैले नियन्त्रित गर्न सक्दैुन । यो डलर, युरो, भारु र नेपालीजस्तै कागजी रूपमा छापिएर आउँदैन । तर, कम्प्युटरको माध्यसमबाट विश्वोभरका मानिसले यसमार्फत व्यापार गर्न सक्छन् ।
मुद्राभन्दा फरक
बिट क्वाइन इलेक्ट्रोनिक विधिबाट मात्रै प्रयोग गर्न मिल्ने भएकाले यो परम्परागत डलर, युरो वा अन्य कुनै मुद्राभन्दा फरक हुन्छ । डिजिटली मुद्राभन्दा बढी कारोबार पनि हुने गर्छ । बिट क्वाइनको सबैभन्दा महत्वपूर्ण विशेषता के हो भने यो विकेन्द्रीकृत हुन्छ । कुनै एउटा संस्थाले यसलाई एकै ठाउँमा थुपारेर राख्नन सक्दैनन । त्यही कारण कुनै पनि बैंकले यसलाई आफ्नो नेटवर्कभित्र नियन्त्रण गर्न सक्दैन ।
कसले बनायो बिट क्वाइन ?
जापानका सातोसी नाकामोतो नामक सफ्टवेयर डेभलपरले पहिलोपटक बिट क्वादइन चिनाएका हुन् । उनले विकास गरेको बिट क्वाइन गणितीय प्रणालीमा सप्रमाणमा आधारित एउटा इलेक्ट्रोनिक प्रक्रिया हो । कुनै पनि मानिसलाई हतारमा, आफूलाई चाहिएको बेलामा इलेक्ट्रोनिक तरिकाले पाउन सकिने किसिमबाट उनले यसलाई विकास गरेका थिए । नाकामोतोले सन् २००९ मा यसको सुरुआत गरेका थिए ।
सुरुमा उनले ५० बिट क्वाइन सिर्जना गरेका थिए । त्यसपछि ती बिट क्वाइनलाई एकअर्कामा आदानप्रदान गरेर माइनिङलाई तीव्रता दिए । व्यक्ति व्यक्ति हुँदै बिट क्वाइन फैलिँदै गएको हो । सुरुमा यसलाई अनलाइनमा गेम खेल्ने, अनलाइनमा काम गरेर पैसा कमाउने व्यक्तिहरूले रमाइलो र अनुभवका लागि कारोबार गर्ने गर्थे ।
भविष्यमा यसको मूल्य हुन्छ, कागजको नोट वा धातुको ढ्याकको साटो यस्तो मुद्रा चलनमा आउँछ भन्ने विश्वासले मानिसले बिट क्वाइन सञ्चित गर्न थाले । बजारमा उपलब्धता थोरै तर माग धेरै भएपछि पैसा तिरेर बिट क्वाइन किन्ने क्रम विश्वभर फैलिएको हो । बिट क्वाबइन कसैले पनि छपाइ गर्न सक्दैन । यो मुद्रा कुनै केन्द्रीय बैंक, गैरनागरिक तथा आफ्नो स्वयं मनले यसको प्रतिलिपि उतारेर छाप्नक मिल्दै्न । कुनै बैंकले धेरै मुद्रा जम्मा् गरेमा राष्ट्रिय ऋणलाई बढी पैसा छाप्नुंपर्छ तर बिट क्वाइनले एउटा समुदायले डिजिटल्ली रूपमा आफूलाई उभ्या्उँछ र कम्प्युरटर पावरका साथमा उपयोग गर्न सघाउँछ । बिट क्वालइन झिक्नेज र निकाल्नेा तरिका भने फरक छ।
बिट क्वाइन केमा आधारित हुन्छ ?
परम्परागत मुद्रा कुनै वस्तु अर्थात् सुनचाँदीमा आधारित हुन्छ । तर, बिट क्वाइन वस्तुमा आधारित मुद्रा नभई गणितीय सूत्रमा आधारित पैसा हो । संसारमा मानिसहरू सफ्टवेयर प्रोग्रामलाई प्रयोगमा ल्याइइरहेका छन् । बिट क्वाइन उत्पादन गर्न गणितीय सूत्र पालना गर्नुपर्छ । गणितीय सूत्र स्वतन्त्र रूपमा उपलब्ध हुन्छ जसलाई जोसुकैले पनि चलाउन र अपनाउन सक्छ ।
कहाँबाट आउँछ बिट क्वाइन ?
आआफ्नो देशको चलनचल्तीको मुद्राले बिट क्वाइन किन्न पाइन्छ । यहाँ दरबारमार्गमा मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिट क्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिन पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यस बराबरको बिट क्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिट क्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिट क्वाइन किन्न पाइन्छ ।
बिट क्वाइन सुरुमा निर्माण भएको पद्धतिलाई माइनिङ भनिन्छ । माइनिङ गरेर अझै पनि बिट क्वाइन प्राप्त गर्न सकिन्छ । तर, पहिलेजस्तो धेरै बिट क्वाइन अहिले माइनिङबाट आउँदैन । माइनिङबाट धेरै समय लगाएर थोरै बिट क्वाइन आउने हुँदा फाइदा नहुन पनि सक्छ । बिट क्वाइन मनखुसी जति पनि सिर्जना गर्न सकिँदैन । दुई व्यक्तिबीच बिट क्वाइनको कारोबार हुँदा बिट क्वाइन पठाउनेले वास्तविक बिट क्वाइन पठाएको हो कि होइन भनेर परीक्षण गर्ने कार्यलाई माइनिङ भनिन्छ ।
बिट क्वाइनको प्रोटोकल
सुरुआतमा माइनिङबाट १० मिनेटमा ५० बिट क्वाइन निस्कन्थ्यो । हरेक चार वर्षमा प्रति १० मिनेटमा सिर्जना हुने बिट क्वाइनको संख्या आधा हुँदै जान्छ । दोस्रो चार वर्षमा यो प्रति १० मिनेट २५ बिट क्वाइन थियो भने अहिले प्रति १० मिनेट १२.५ बिट क्वाइनमा झरेको छ । विश्वमा दुई करोड १० लाख बिट क्वाइन सिर्जना भएपछि नयाँ बिट क्वाइन सिर्जना हुन बन्द हुनेछ । त्यो समय आउन अझ १२५ वर्ष बाँकी छ । अहिलेसम्म कुल बिट क्वाइनको ७५ प्रतिशत सिर्जना भइसकेको छ ।
बिट क्वाइनको मूल्य
बिट क्वाइन चलनचल्तीमा आउँदा मानिसहरू ०.०९ डलरमा एक बिट क्वाइन किन्थे । २०१७ अक्टोबरमा २३ मा यसको सटही दर एक बिट क्वाइन बराबर पाँच हजार नौ सय २० डलर पुगेको छ । कहिलेकाहीँ यसको मूल्य घटे पनि तीव्र गतिमा बढिरहेको छ । पछिल्लो गतिमा बढेको दरका आधारमा सन् २०१८ मा १० हजार डलर पुग्ने अनुमान गरिएको छ ।
नेपालमा अवैध बिट क्वाइन
नेपालमा बिट क्वाइन कारोबार अवैध मानिएको छ । तर, अवैध मानिएको ‘बिट क्वाइन’, ‘ग्राभिटी क्वाइन’लगायतका डिजिटल आर्थिक कारोबार भइरहेकाले यसबारे अनुसन्धान सुरु गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । बिट क्वाइन कारोबारमा संलग्न केही व्यक्तिलाई पक्राउ पनि गरेको सीआईबीले जनाएको छ ।
एजेन्सीको सहयोगमा