हिमालसँग डराउँछिन् जाङमु

हिमालसँग डराउँछिन् जाङमु

हिमालनजिकै जन्मिएकी जाङ्मु हिमालसँग डराउने गर्छिन् । मोडलिङ क्षेत्रमा आफूलाई स्थापित गराउन लागिपरेकी उनी संखुवासभाको मकालुमा जन्मिएकी हुन् । जाङ्मुले मोडलिङ सुरु गरेको दुई वर्षमा एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । कक्षा १२ सकाएर स्नातक अध्ययनको तयारीमा रहेकी उनले हिजोआज अभिनयको कक्षा पनि लिइरहेकी छन् ।

 

परिवार र आफन्तले हिमाल आरोहणको पेसा अपनाए पनि शेर्पा जातिबाट अभिनयमा लाग्दा उनीप्रति सबैले चासो देखाएका छन् । अभिनेत्री ऋचा शर्मासँग अभिनय कक्षा लिएपछि अभिनयमा अझ दख्खल र उत्साह बढेको उनको भनाइ छ । मेलिना राईको यो मुटु, उत्तमजंग लिम्बूको चञ्चल, साजन राईको जिन्दगीभर र शेर्पा गीत म घुम्न जाँदा जिरीको बजार, आँखाको रमझमलगायतमा उनले अभियन गरिसकेकी छन् ।

२० वर्षीया शेर्पाले १३ वर्षको उमेरमा ‘किड क्विन नेपाल’मा भाग लिएपछि मोडलिङमा मोह बढेको बताइन् । त्यसपछि मिस एसएलसी-२०१५ मा प्रतिस्पर्धीमध्ये टप फाइभको उपाधि चुमिन् । मिस ई-कलेजमा प्रतिस्पर्धा गरिसकेकी उनी मोडलिङमा सोख भएकाले दर्शकको मन जित्ने गरी व्यावसायिकतामा ध्यान दिने बताउँछिन् ।

मोडलिङ पेसा अँगाल्दा शेर्पा समाजले खासै सहयोग नगरे पनि समाजको पछिल्लो पुस्तामाझ यो पेसालाई सकारात्मक बनाउन लागिपर्ने जाङ्मुले बताइन् । ‘परिवारको सहयोगबाट म यो पेसामा अघि बढ्नेमा निर्धक्क छु’, उनले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.