देवानन्दको कमिज

देवानन्दको कमिज

 

साढे चारजति बजेको थियो अविजित वसन्तपुरको चोक पुग्दा । त्यहाँको दृश्य बिरलै देख्न पाइने रमिताजस्तै थियो । मान्छेको विशाल नदी या भनुँ, यत्रो भीड इन्द्रजात्रामा रथ तान्दा, राजा त्रिभुवन दिल्लीबाट फर्किंदा या शिवरात्रिमा मात्र देखेको थियो उसले । कुनै पर्व नपरेको आजको दिनमा यो मानवसागर उसलाई अनौठो लाग्नु स्वाभाविक पनि थियो ।

चोक आज मानौँ सागरै थियो र मान्छेका खोला प्याफल, इन्द्रचोक, जैसीदेवल, भीमसेनथान, डल्लु र झ्वछेँतिरबाट त्यस चोकमा ओइरिएका थिए । त्यो हूलको नजिक पुग्दानपुग्दै उसका आँखा झिमिक्क हुन नसक्ने अवस्थामा पुग्यो । देवानन्दलाई देख्यो उसले । हिन्दुस्तानी सिनेमाका सितारा, जसका अनेक थरीका अविश्वसनीय हल्ला चल्थे । मुमताज चिन्यो, प्रेम चोपडालाई पनि चिन्यो तर एउटी अत्यन्त सुन्दरी अर्की बालालाई भने चिन्न सकेन उसले । सिनेमाका कलाकारलाई यसरी प्रत्यक्ष देखेको यो पहिलोपल्ट थियो । कुनै हिन्दुस्तानी सिनेमाको सुटिङ चलिरहेको थियो ।

यतिखेर अविजितको अनुहार आश्चर्यले लिपिएको थियो । ऊ एकटकले सुटिङ भएको ठाउँतिर हेरिरहेको थियो । हेर्दाहेर्दै कतिखेर सुटिङ भएको ठाउँलाई घेरेर बसेको हूलको पहिलो पङ्क्तिमा उभिन पुगेछ, उसले थाहै पाएन । आश्चर्यका पोको खुल्न अभैm बाँकी थियो । उसले सुटिङका लागि तयार हूलमा भुवनलाई पनि देख्यो । भुवनले सिनेमामा सानो भूमिका पाएको थियो । ‘एई, भुवन !’, हात हल्लाएर यसरी चिच्यायो अविजित कि त्यहाँ कुनै हिन्दी गीत नागरामा नबजेको हुँदो हो त सम्पूर्ण भीडको आँखा अविजितमाथि तेर्सिन्थ्यो । तैपनि आवाज चर्कै थियो भुवनको कानसम्म पुग्नलाई ।

 

भुवनले पुलुक्क आवाज आएतिर हेर्‍यो, तर अविजितलाई केही सङ्केत गर्न नभ्याउँदै मुन्टो फर्कायो । उसलाई सिने टोलीको एकजना सदस्यले केही सिकाइरहेको थियो र ऊ मुन्टो हल्लाइरहेको थियो । भुवनबाट कुनै प्रतिक्रिया नपाएपछि अविजित खिस्रिक्क पर्‍यो र दायाँबायाँ हेर्‍यो । आपूmलाई कसैले वास्ता गरेका रहेछन् भन्ने मेसो पाएपछि भने ढुक्क भयो । फलैँचामा टुसुक्क बस्यो ऊ । काठको खम्बामा जीउ अड्यायो अनि अघिकै सुरमा सुटिङ हेर्न थाल्यो । तर, उसका आँखा एकै ठाउँमा स्थिर रहेनन्, पल्याकपुलुक अति चनाखा भएर उसका नयन नाच्न थाले ।

हूलको नजिक पुग्दानपुग्दै उसका आँखा झिमिक्क हुन नसक्ने अवस्थामा पुग्यो । देवानन्दलाई देख्यो उसले । हिन्दुस्तानी सिनेमाका सितारा, जसका अनेक थरीका अविश्वसनीय हल्ला चल्थे । मुमताज चिन्यो, प्रेम चोपडालाई पनि चिन्यो तर एउटी अत्यन्त सुन्दरी अर्की बालालाई भने चिन्न सकेन उसले।

आपूm कतिखेरसम्म तन्द्रामा थिएँ भन्ने उसले यकिन गर्न सकेन । ऊ झस्किएको त्यतिखेर हो, जतिखेर कसैले उसको काँधमा स्पर्श गर्‍यो । काननिर च्वाक्क म्वाइँ खाएको आवाज आयो र नाकमा ह्यासअइलको मादक सुगन्ध छिर्‍यो । त्यत्रो हल्लामा पनि कसरी भुसुक्क निदाइएछ ? यही सोचेर दङ्ग पर्‍यो ऊ । प्लेजर रुममा भेटिएकी केथी आएकी रहिछ । ऊ, ऊसँगै टाँसिएर बसी । अविजितलाई आपूm कुनै नायकभन्दा कम लागेन, शरीरको दाहिने पाटोमा गुलाफको पूmलको स्पर्श र नाकमा हावासँग मिसिएर आएको सुगन्ध ।

उसले सुटिङ भइरहेको ठाउँमा हेर्‍यो । देवानन्दको ठाउँमा आपूmलाई देख्यो । देवानन्दका सारा हाउभाउ आपूmभित्र भएको पायो । देवानन्दले लगाएको सुन्तले रङको कमिज, कालो स्वेटर, रुद्राक्षको माला, स्वेटरमाथि लगाएको छालाको डम्पूm पेटी, हातमा पहँेलो स्कार्पm र सुन्तले रङकै पाइन्टको पहिरनमा आपूm भएको उसले पायो । यसपछि अविजितले मुन्टो अलिकता देब्रे ढल्कायो र अलिअलि हल्लायो । देवानन्दको हाउभाउलाई नक्कल गर्ने सबभन्दा सजिलो तरिका सायद त्यही थियो ।

अविजितलाई लाग्यो, त्यो सारा हूलको आकर्षण उही बनेको छ, सबैको आँखा ऊतिर फर्किएको छ । मसक्क मस्कियो उसको शरीर र तनक्क तन्कियो, ओठहरु यसरी पैmलिए कि उसको हृदयमा जुन खालको रमाइलो तरङ्ग चलिरहेको थियो, सबै पोल खोल्न तयार छ । कसैले देख्दो हो त महसुस गर्ने थियो त्यो मुस्कानलाई । जुन आफ्नो होइन, क्षणभरका लागि आफ्नो भएको छ, र त्यो गुम्ने अनुमान छैन, न अनुमान गर्ने चेतनाले काम नै गरिरहेको छ- यस्तै बताइरहेथ्यो उसको अनुहारमा पोतिएको मुस्कानले । उसले पाएको कुनै अकुत धन थिएन, कुनै ब्रह्माण्ड सुन्दरी थिएन, संसार बदल्न सक्ने विचार फुरेको पनि होइन उसको दिमागमा । भेउ पाउन मुस्किल कुनै चीज पाएको थियो अविजितले र उसको चेहरामा आएको मुस्कान त्यसैको सङ्केत थियो । भएर नहुनुको अवस्था थियो सायद त्यो । र, यो अवस्थामा पुग्न मानिसहरु नजाने कस्ताकस्ता अनुशासनमा बस्छन् र तपस्या गर्छन् ।

तर, यस्तो दुर्लभ अवस्थामा धेरै बेरसम्म रहने सौभाग्य पाएन अविजितले । ‘ओके, प्याकअप,’ चर्को आवाजले वसन्तपुर गुञ्जायमान भयो । आवाजले झस्कियो अविजित । केटी सँगै थिई । थाहा छैन कस्तो खालको आभासले हो, ऊ ढुक्क भयो । सुटिङबाट मुक्ति पाउनेबित्तिकै भुवन दौडिँदै आइपुग्यो अविजितको अगाडि । उसको अनुहारमा एक प्रकारको विजयभाव थियो ।

‘हेलो, हाऊ आर यू ? ’, केटीले भुवनलाई भनी ।
‘आई एम फाइन, थ्याङ्क यू । एन्ड यू ? ’, भुवनले भन्यो । ‘ए, जाऊँ हिँड, प्लेजर रुमतिर,’ अविजिततिर फर्किंदै उसले थप्यो ।
मनोहर कल्पनामा रहेको अविजित विपनामा आयो । एकछिनपछि तीनै जना प्लेजर रुमको कोठामा थिए । अविजितलाई त्यो पहिलो दिन याद आयो ।

रात पूर्णिमाको थियो । आकाश गाढा नीलो रङको देखिन्थ्यो । जून थियो दुधिलो । अन्तरिक्षमा भएको त्यस भेलामा सबै जना सेतो वर्दीमा भेला भएका थिए अनि मानौँ चन्द्र सभापति थियो र सारा ताराहरु श्रोतागण । अविजितले आँखा खोल्दा यस्तै देख्यो । तर, उसले देख्यो मात्रै; महसुस केही गरेन, उसका चेतना ज्यादा काम गर्न सक्ने अवस्थामा थिएनन् । सोच्यो क्षणभरका लागि, ‘प्लेजर रुममा केही गडबड भएको हुनुपर्छ ।’ तर, के थाहा कस्तो खाले गडबड भयो ?

यतिकैमा सुस्तरी अविजितको छातीमा मानौँ स्वर्गका पन्छीहरुले छोए । माथि जून र ताराको सभा, तल स्वर्गका पन्छीहरुको स्पर्श । पर स्वयम्भूमा कोही गितार बजाइरहेको थियो सबभन्दा श्रुतिमधुर कर्डहरु खेल्दै, यति मधुर कि सुरबधिरलाई पनि मधुर लाग्ने । त्यो मधुर आवाज बताससँग लहरिँदै विष्णुमतीको छेउछाउ हल्का स्वरमा सही आइपुगेको थियो । ‘ओह ! कस्तो अलौकिक ? ’, अविजितले भन्यो । तर, उसको मुखबाट आवाज आएन । फुसफुस सास मात्रै आयो । मनले बोल्यो । मगजमा गुन्जियो । बस् ।

पूmलजस्ता कमला हातहरुका स्पर्श शरीरभरि कसरी बगे, भन्न कठिन छ । अविजित अर्धचेत-अर्धस्वप्नमा छ या पूर्णबेहोसी वा पूर्णस्वप्नमा । अविजितको दिमाग पग्लिन थाल्यो । विपरीत होइन, अनुकूल अवस्थामा । उसको रगत नशाबाट उम्किएर पैmलिएर बग्न थाल्यो शरीरभरि, मानौँ छालाले मोरिएको उसको शरीर अब बनेको छ एउटा निर्मल काफल रङको पोखरी । क्षणभरमा उसको शरीर नै पग्लियो र बग्न थाल्यो भुइँभरि, शनैःशनै ।

अविजित उठ्यो र सोहोर्न थाल्यो आफ्नो शरीरलाई । तर, यो कल्पना थियो उसको । ऊ कतै पग्लिएको थिएन, सग्लै थियो । तर, अचानक अवस्थाले अर्को मोड लियो । जीवनका हरेका मोड या घुम्तीहरु अप्रत्याशित हुन्छन्, तर यो अलि बढी नै आकस्मिक लाग्यो अविजितलाई । युवतीले उसको ओठमा ओठ जोडिन् र उसका अधरका रस पिउन थालिन् । मानौँ ऊ धारा थियो र युवती थिइन् तिर्खालु बटुवी । या ऊ ज्ञान पो थियो कि र युवतीचाहिँ थिइन् एउटी गम्भीर र जिज्ञासु पाठक । अबचाहिँ अविजित वशमा रहेन आफ्नो । रहन चाहे पनि वशमा उसलाई रहन मन रहेन । उसका अधिकांश इन्द्रिय छुट्टीमा गए ।

अविजित कसरी पग्लिँदैछ भने कसैले उसलाई अब सोहोर्न पनि सक्दैन । ऊ यसरी पग्लिनेछ, केही भाग सुक्नेछ, केही भाग पिइनेछ र बाँकी केही भाग मात्र अब फर्केर आउनेछ पुरानो अवस्थामा । साविक अवस्थामा फर्केर आएपछि के गर्ने भन्ने सोच हठात् आयो उसको मनमा । तर, अहिले उसलाई भोलिको धमिराले वर्तमान ख्वाउन मन थिएन । बरु उसले सोचको धमिरालाई कर्‍यामकुरुम पारेर चपाइदियो र हेलियो न्यानो, नरम, बादलजस्तो नरम गुफामा ।

उसलाई कहिले काउकुती लाग्यो, कहिले कहाली लाग्यो । ऊ छिनमै निस्पट्ट अँध्यारो देख्थ्यो, छिनमै अन्धकारलाई छेडेर अँध्यारैमा पनि चारैतिर प्रकाशैप्रकाश देख्थ्यो । एक क्षण उसका ओठ-मुख सुकेका पतकरजस्तै भए । अर्को क्षणमा उसको मुख नै मानौँ बाग्द्वार भयो र बागमती त्यहीँबाट भइन् ह्वात्त प्रकट । उसको घाँटीबाट फोक्सो फुत्किन खोज्यो, फेरि एकैछिनमा आज्ञाकारी बालकजस्तै जहाँको तहीँ बसेर अविजितलाई लामोलामो सास फेर्न सहयोगी बन्यो ।

रहँदै बस्दै जाँदा ऊ हिमाल बन्यो, युवती बादल बनिन् । र, उसले अग्लिँदै अग्लिँदै बादलरुपी युवतीलाई अँगालोमा बेर्‍यो र ओढ्यो आपूmमा । युवती पग्लिएर झरिन् झरना बन्दै । अविजित पनि कम थिएन, लखेट्यो जसरी पानीको थोपा बादल छिचोलेर बर्सिन्छ व्यग्र हुँदै प्यासी धरतीलाई चुम्न । उनीहरु उर्लंदो भेल हुँदै, मोडिँदै, उफ्रिँदै, लहरिँदै, उछिट्टिँदै बगिरहे नदीनदी गोता खाँदै- गोलोगोलो चक्कर पानीमा मार्दै । त्यसरी नै बढे उनीहरु अगाडि बिना कुनै आकाङाा पहिचानको, कोको हो भनेर; त्यसरी नै बगे जसरी जतिजति नयाँनयाँ प्रदेश पुग्छ, उतिउति आफ्नो पहिचान गुमाउँदै जान्छ पानी या भनुँ कुनै नदी ।

जबसम्म पुगेनन् सागरसम्म; जबसम्म मिसिएन सागरमा उनीहरुको तिर्खा, तबसम्म त्यो दौड निरन्तर चलिरह्यो । तर, यो कस्तो दौड थियो ? यस दौडमा गति थिएन तर स्थिरता पनि थिएन । त्यहाँ उथलपुथल पनि थियो र बेजोडको शान्ति पनि । त्यो शान्ति यत्तिकै स्थिर रहोस्, यही कामना थियो अविजितको ।

तर, कामना धेरै बेरसम्म अडिन सकेन समयको चक्रमा । एउटा बज्रजस्तै देखा पर्‍यो त्यहाँको परिदृश्यमा । एक जना काल्कालो मुस्तण्डे मानिस अविजितका लागि दैत्यका रुपमा देखापर्‍यो र उसकी परीलाई तान्दै लग्यो, हरेर लग्यो । प्लेजर रुममा केथीको निश्चित दूरीमा यो केटोले भुनभुन गरेको दृश्य अविजितको सम्झनामा स्पष्ट आयो । अविजितलाई औडाहा भयो, सोच्न सक्ने इन्द्रिय इन्तु न चिन्तु भयो । उन्मादको पहिलो खुड्किलो थियो त्यो ? अहँ, चाल पाएन उसले । कुनै सोच वा विचाररहित ऊ मल्लयुद्धका लागि तयार थियो । जस्तोसुकै अजङ वा भीमकायलाई पनि ललकार्न तयार थियो । तर, कहाँकहाँबाट उसको दिमागमा एउटा चेत आयो । युद्धअघि युवतीको स्वीकृति आवश्यक थियो उसलाई । उसले सोध्यो, ‘ह्वेर आर यू गोइङ ? ’

‘नो ह्वेर डियर ।’
‘कस्तो नो ह्वेर भनेको ? ’, उसको रिस मरिसकेको थिएन, फतफतायो । कसैले सोचेभन्दा ज्यादा नै आवेगमा थियो ऊ ।
‘आई डन्ट एक्जिस्ट एज अ बडी । आई एक्जिस्ट इन् थट्स, इन् नथिङ्नेस । इभेन माई बडी डज नट बिलङ्ग टू मी । इट विल सिज टू एक्जिस्ट वन डे । बट माई थट्स विल लिभ फरएभर । डन्ट मेस इट अप विथ योर फिलिङ्स डियर ।’केटीले त्यो मुस्तण्डे केटाको गर्धनमा झुल्दै लर्बरिएको आवाजमा अविजितसँग भनी, र अन्तिम प्रश्न गरी, ‘डन्ट यू एन्ज्वाय दिस नेभर सल्भिङ मिस्ट्री ? ’ यो प्रश्न उसको अविजितका लागि थियो या मुस्तण्डेका लागि ? थाहा भएन ।

अविजितको टाउकोभित्र युवतीले बोलेको वाक्य भुमरीभैmँ जोडजोडले फन्का मार्न थाल्यो र उसका मगजका भित्ताहरुमा वेगले ठोक्किन थाल्यो । आँखा फनफनी घुमेजस्तो लाग्यो उसलाई । तर, के थाहा ती एकदमै अचल पो थिए कि त्यतिखेर- स्तब्ध । स्वयम्भूको सङ्गीतकारले कुन बेलातिर हो, बाजा बिसाइसकेको थियो । शून्यता मसिनो तर निकै धारिलो सुइरो बनेर शरीरको यत्रतत्र चसचस छिरिरहेको थियो । शून्यताको आवाजलाई पहिलोपल्ट अविजितले बडो बेदनाको सुरमा सुन्यो, पछि त्यो आवाज कस्तो हुन्छ भनेर बताउन भने सक्ला-नसक्ला ।
(अाज विमोचन हुने प्रतीकको उपन्यास ‘अविजित’को एक अंश ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.