तिब्र गतिको बस त्रिशूलीमा खस्यो : ३१ को मृत्यु, १६ घाइते (अपडेट)

तिब्र गतिको बस त्रिशूलीमा खस्यो : ३१ को मृत्यु, १६ घाइते (अपडेट)

घाटवेशी (धादिङ) : पृथ्वीराजमार्ग अन्तगरत धादिङको गजुरी गाउँपालिका ५ घाटवेशीस्थित बाङगेघुम्तीबाट त्रिशूली नदीमा ३१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ यात्रु घाइते भएका छन्।हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बसमा अधिकांश सप्तरीका यात्रुहरु थिए।

सप्तरीबाटै काठमाडौंका लागि छुटेको ना ६ ख १४६८ नम्बरको बस हेटांैडामा आइपुग्दा पट्टा भाँचिएको थियो। बसको पट्टा भाँचिएपछि चालकले हेटौंडाबाट ना ६ ख १४६७ नम्बरको बसमा यात्रु ल्याएका थिए। तिब्र गतिमा गुडाएको बस पृथ्वीराजमार्गबाट अन्दाजी २० मिटर तल सिधै त्रिशूली नदीको तालमा खसेको थियो। बस पानीमा डुबेपछि बसभित्रै च्यापिर यात्रुहरुको मृत्यु भएको दुघर्टना लगत्तै उद्धारमा पुगेका इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए।

पौडी खेलेर बाच्न सफल १६ जना पनि घाइते भएका छन्। घाइते भएका मध्ये सप्तरी राजविराज ६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई गजुरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको गजुरी अस्पतालले जानकारी दिएको छ। बाँकी १४ जनाको भने गजुरी अस्पतालमा नै उपचार भइरहेको छ।

तीव्र गतिमा रहेको बस घुम्ती पुगेपछि अनियन्त्रित हुँदा सिधै त्रिशूली नदीमा खसेको घाइते सुरेन्द्रकुमार यादवले बताए। उनले भने, ‘हेटौँडाबाट गाडी परिवर्तन गर्ने बित्तिकै ड्राइभरले एकदमै तिब्र गतिमा बस चलाएका थिए, बाटोमा पनि तीव्र गतिका कारण सिटमै हामीले टाउँको ठोक्काउँदै आएका थियौँ, एक्कासी पानीमा बस पसेपछि मात्रै हामीले दुर्घटना भएको थाहा पायौँ, पानीको आहालमा बस पौडी खेल्दै गर्दा सिसा फुटेको झ्यालबाट बाहिर निस्किएकाले ज्यान बच्यो।’

दुर्घटनामा परी मृत्यु हुनेहरुमध्ये अधिकांश तराई–मधेसको विशेष पर्व छठ मनाएर राजधानी फर्कदै थिए।

मृतकको विवरण
१ राज कपुर यादव, गोलबजार-८, सिराहा
२ चन्द्र रेखा प्रमाणी, बोधेबर्साईन-१, सप्तरी
३ चन्द्रावती झा, राजविराज न पा १६, सप्तरी
४ मन्जित कुमार झा, तिलाठी कोइलाडी गाउँपालिका १, सप्तरी
५ नरेश मुखिया (सह-चालक) देउरिया भरुवा नपा १८, सप्तरी
६ शुसान्त चौधरी, देउरिया भरुवा न पा १८, सप्तरी
७. रामानन्द यादब, देउरिया भरुवा न पा १८, सप्तरी
८ ममता देबि ठाकुर, भारत बिहार
९ आदित्य यादब, बोधेबर्साईन-२, सप्तरी
१० संजित कुमार झा, तिलाठि गा पा-३, सप्तरी,
११ पार्बती चौधरी, नरैया, सप्तरी,
१२ सम्मि कुमारी झा, तिलाठि-३, सप्तरी,
१३ चन्द्र लेखा प्रमाणी, बोधेबर्साईन, सप्तरी,
१४. प्रमोद ईसार, माहादेवा-९, सप्तरी,
१५.सुधिर कुमार यादब कृष्णसरोवन ४, सप्तरी
१६ मनिष ठाकुर, भारत बिहार मधुवनी
१७ उदय मण्डल, नराह गा.पा १०, सिरहा
१८ आशीकी कुमारी यादव, बोधेबरसाईन-२, सप्तरी
१९ समिक्षा यादव, कृष्णसरोवन-४, सप्तरी
२० प्रभा चौधरी, लहान न.पा.६, सिराह
२१ रिषी आनन्द देव, राजविराज न.पा.-१३, सप्तरी
२२ आदित्य झा, राजविराज न.पा.-१४, सप्तरी
२३ समिक्षा कुमारी यादब, बोधेबरसाईन-२, सप्तरी
२४ सुदिप चौधरी, शम्भुनाथ न.पा. सप्तरी,
२५ चित्र रेखा बरमाणी, बोधेबरसाईन-३, सप्तरी
२६ मानवी यादव, बोधेबरसाईन-३, सप्तरी
२७ सुरेन्द्र चौधरी, बोधेबरसाईन-२, सप्तरी
२८ चित्र रेखा प्रमाणी, बोधेबरसाईन-३, सप्तरी
२९ पसुपती चौधरी बोधेबरसाइन-२, सप्तरी
सनाखत हुन बाँकी : दुई जना
जम्मा : मृतक संख्या : ३१ जना
सनाखत भएका (पुरुष : ११, महिला: ८, बालक : ५, बालिका : ५, जम्मा : २९ जना )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.