यी हुन् लिम्बुवान सुनसरीका उम्मेदवार

यी हुन् लिम्बुवान सुनसरीका उम्मेदवार

धरान : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले सुनसरीका चार निर्वाचन क्षेत्रका उमेदवारको नाम चयन गरेको छ। पार्टीले सुनसरीका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उमेद्वार चयन गरेको हो।

संघीय लिम्बुवान मञ्च नेपाल सुनसरीले शनिबार धरानमा पत्रकार सम्मेलन गरी उमेद्वारको नाम सार्वजनिक गरेको हो। मञ्चका सुनसरी अध्यक्ष अमर इजमले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि भूपुडीएसपी कृष्णमान थेबे, क्षेत्र नम्बर २ बाट इन्द्र कन्दङ्वा, क्षेत्र नम्बर ३ बाट प्रेम तुम्बापो र क्षेत्र नम्बर ४ बाट धु्रवकुमार खड्कालाई उमेद्वार बनाएको जानकारी दिए।

इजमका अनुसार प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ क र ख बाट क्रमशः पूर्णबहादुर चोङबाङ र भुपेन्द्र सुन्दर लावतीलाई उमेद्वार बनाएको छ। प्रदेश तर्फ क्षेत्र नम्बर २ बाट टीका ढुंगेल, अशोककुमार पाल, क्षेत्र नम्बर ३ बाट चन्द्रबहादुर लिम्बु र राजेश चौधरीलाई उमेद्वार बताउको उनको भनाइ छ।

लिम्बुवान पार्टीले क्षेत्र नम्बर ४ बाट प्रदेशसभाका लागि सूर्यबहादुर लिम्बु र अब्बास मियाँलाई उमेद्वार बनाएर निर्वाचनको प्रचार प्रसार सुरु गरेको छ। सुनसरीमा ठूला दल कांग्रेस, एमाले र माओवादीले भने उमेद्वारको टुंगो लगाउन सकेका छैनन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.