जम्यो महफिल

जम्यो महफिल

काठमाडौं : ११औं शृंखलाबाट बन्द गर्ने भनिएको गजल कार्यक्रम ‘महफिल’ले अब अनन्त यात्रा गर्ने भएको छ । शनिबार आयोजित ११औं शृंखलामा रवि प्राञ्जल र करुण थापासँगै न्ह्यु वज्राचार्य र सचिन सिंह प्रस्तुत भएपछि महफिलले बेग्लै उचाइ पाएको भन्दै आयोजक हौसिएका छन् ।

सर्वनाम थिएटर, उर्वरा फाउन्डेसन, साहित्य परिवार र मधुवनको संयुक्त आयोजनामा हरेक दुई महिनामा आयोजना हुने महफिलमा यसपालि रवि र करुणका गजल सुनिएका हुन् ।
‘घरभित्र कोही थियो सँघारमा कोही रैछ
मुटुभित्र कोही थियो निधारमा कोही रैछ ।’
करुणको गजलका यी शेरले कार्यक्रमको सुरुआत नै प्रेमिल बनाइदिएको थियो । रवि प्राञ्जलले गजलको सुरुआत यस्तो शेरबाट गरेका थिए :
‘पुगेथेँ म टाढा उनी सम्झी आएँ
त्यो बितिसकेको जुनी सम्झी आएँ ।’

गजल वाचनबाटै ओजिलो बनेको महफिलको माहोल संगीतकार तथा गायकद्वय न्ह्यु र सचिनले उत्कर्षमा पुर्‍याइदिए । हातमा गितार बोकेर आँखा चिम्लिँदै गजलका शब्दशब्दमा डुबेर गाए पनि न्ह्युले आफूलाई ‘बलिको बाख्रो’ भनिरहेका थिए । उनको ठट्यौलो शैलीले महफिललाई पनि रसिक बनाइदिएको थियो । बेलाबेलामा ठट्यौलो पारामा सोधिरहेका थिए, ‘हामीले गाएको गजल गजलजस्तै भा’छ ? ’ सचिनले ‘फूलको पिर’ गजल गाएर कार्यक्रमको बिट मारे ।

महफिलको शनिबारको प्रस्तुति फरक स्वादको थियो । दुई गायकसँग जमेको थियो, हेमन्त रसाइलीको सारंगी । दर्शकको ताली र ‘वान्स मोर’सँगै गजलमा सारंगीको र्‍याइँर्‍याइँले भरेको मिठासलाई औधि मन पराइएको थियो ।

महफिलमा यसअघि दिनेश गौतम, सुवास अगम लगायतका गायक र रावत, शीतल कादम्बिनी, कपिल अज्ञात, सुधा शाही, टीकाराम भण्डारी, बाबु त्रिपाठी लगायतका गजलकार प्रस्तुत भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.