होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु

होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु

मोगादिसुः सोमालियाको राजधानी मोगादिसुका दुई ओटा होटल अगाडी शनिबार भएको बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। घटनामा परी अन्य ३० जना घाइते भएको प्रहरी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

 

लगातार गोली हानाहान भएपछि घाइतेलाई सुरक्षाकर्मीले चाँडोभन्दा चाँडो उद्धार गरेका थिए।

अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफुहरुले गराएको भन्दै जिम्मेबारी लिएको छ। उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन्।

मोगादिसुको अति व्यस्त सहरमा ट्रक बम विस्फोटन भएर ३५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को विस्फोटनको घटना भएको हो।

सोमालियाको राजधानी मोगादिसुमा सो विस्फोटनबाट अहिले सम्मकै धेरै क्षती पुर्याएको बताएको छ। सो घटनामा अल शबाबको हात रहेको सोमालिया सरकारले बताउदै आएको छ।

शनिबार भएका दुई विस्फोटनमध्ये एउटा विस्फोटन भएको केही समयपछि अर्को विस्फोटन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.