खुमबहादुर खड्काका भतिजा कांग्रेस (विपी)बाट दाङ १ का उम्मेदवार

खुमबहादुर खड्काका भतिजा कांग्रेस (विपी)बाट दाङ १ का उम्मेदवार

दाङ : मंसिर २१ गते हुने प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता तथा अशोक खडकाले काँग्रेसबाट फुटेको नेपाली काँग्रेस वीपी पार्टीबाट दाङ क्षेत्र नं १ मा उम्मेदवारी दिने भएका छन् । खडका काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भतिजा पनि हुन् । उनी २० ५४ सालमा नेविसंघ क्षेत्र नं १को अध्यक्ष भएका थिए ।

हरिबोल भट्टराई केन्द्रीय अध्यक्ष रहेको काँग्रेस वीपी पाटीले यो निर्वाचनमा २६ जिल्लामा उम्मेदवार उठाउने तयारी गरेको अध्यक्ष भट्टराईले बताए । अध्यक्ष भट्टराई काठमाडौ १ बाट चुनाव लड्दै छन् । दाङ १ बाट जिल्ला संयोजक अशोक खड्कालाई जिम्मा दिइएको उनले जानकारी दिए । प्रदेशसभा नेपाली काङ्ग्रेस(विपी)दाङले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा सबै ठाउँबाट उम्मेदवारी दिने संयोजक खड्काले बताए । ‘मेरो केन्द्रीय समितिले निर्णय गरेको छ', उनले भने,‘अन्य क्षेत्र र प्रदेशको १५ गते सम्म जिल्लामै टुङगाउँछौ ।'

नेपाली काङ्ग्रेस(विपी) दाङका जिल्ला संयोजक खड्काले पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस(विपी)ले प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाको लागी ६ क्षेत्रवाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीको चारतारे झण्डा र चुनाव चिन्ह कलस रहेको उनले जानकारी दिए । खड्काले काँग्रेस पार्टी र सभापति वीपीको विचारमा विचलन भएको भन्दै त्यसलाई सहिबाटोमा लगाउन पाटी खोलिएको बताए । उनले वीपी पार्टीलाई प्रभावशाली नेता खुम बहादुर खड्काले पनि साथ दिने अपेक्षा पाटीले गरेको बताए ।

‘विपीको सिद्धान्तलाई आत्मसाथ गर्दै हाम्रो पार्टी अघि वढेको छ, यो पार्टीनै आधिकारीक हो',उनले भने,‘ २०७४ असार २८मा आधिकारिकता पाएका छौ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.