अझै टुंगिएन वाम गठबन्धनको क्षेत्र बाँडफाँट

अझै टुंगिएन वाम गठबन्धनको क्षेत्र बाँडफाँट

काठमाडौं: एमाले-माओवादी गठबन्धनले चुनावी तालमेलका लागि क्षेत्र बाँडफाँटको अझै टुंगो लगाउन सकेका छैनन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ ६०/४० प्रतिशतका आधारमा क्षेत्र बाँडफाँट गर्ने समझदारी गरेका वाम गठबन्धनलाई प्रतिनिधिसभातर्फका केही निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउन सकस परेको छ।

चितवन, झापा, सुनसरी, उदयपुर र सल्यानका केही निर्वाचन क्षेत्रमा गठबन्धनले क्षेत्र बाँडफाँट मिलाउन सकेका छैनन्। यसमध्ये पनि झापा क्षेत्र २ र चितवन २ को विवाद मिलाउन एमाले-माओवादीका शीर्ष नेतालाई नै सकस परेको छ। झापा-२ मा एमालेका तर्फबाट पूर्वकानुनमन्त्री अग्नि खरेल तथा माओवादीका तर्फबाट पूर्वसञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) तथा चितवन-२ मा माओवादीका तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा (बादल) तथा एमालेका तर्फबाट पूर्वसांसद तथा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल आकांक्षी छन्।

एमालेले चितवनमा माओवादीलाई एउटै मात्र क्षेत्र दिन चाहे पनि माओवादीले दुई वटा निर्वाचन क्षेत्र मागिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ र वरिष्ठ नेता थापा चितवन २ बाट उठ्ने गरी माओवादीले एमालेसँग दुई क्षेत्र मागेको हो। तर, एमाले क्षेत्र २ मा जिल्ला अध्यक्ष पोखरेललाई टिकट दिनुपर्ने अडानमा छ।

थापा ०६४ सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर, ०७० को निर्वाचनमा उनी निर्वाचन बहिष्कार अभियानमा रहेका कारण निर्वाचनमा उठेका थिएनन्। ०७० को निर्वाचनमा पोखरेलले निर्वाचन जितेको क्षेत्र ३ पनि अहिले सोही क्षेत्रमा परेका कारण पनि उनले त्यहाँको दाबी छाडेका छैनन्। माओवादी नेता बादललाई समानुपातिक वा अन्यत्र लगेर चितवन-२ एमालेलाई दिने प्रयास गरे पनि उनले चितवन-२ बाटै उठ्न चाहेपछि वाम गठबन्धनलाई उक्त निर्वाचन क्षेत्रको भागबन्डा मिलाउन अप्ठ्यारो परेको हो।

कार्यदलमा सहमति जुट्न नसकेपछि अब भागबन्डा मिल्न नसकेका निर्वाचन क्षेत्रको टुंगो भने एमाले तथा माओवादी दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता बसेर टुंग्याइने भएको छ। ‘केही क्षेत्रमा मिलेको छैन, नमिलेका क्षेत्रमा दुई पार्टीका अध्यक्षसहित बसेर टुंग्याउने कुरा छ', कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता मातृका यादवले भने।

एमालेको आन्तरिक छलफल र माओवादी अध्यक्षको काठमाडौंबाहिरको कार्यक्रमका कारण सोमबारै टुंग्याउने बताइए पनि क्षेत्र बाँडफाँटमा टुंगो लाग्न नसकेको हो। अब भने मंगलबारै दुवै पार्टीका शीर्ष नेता बसेर टुंगो लगाउने तयारी गरिएको नेताहरूले बताएका छन्। ‘हामीलाई मंगलबारसम्म क्षेत्र भागबन्डा टुंग्याउने जानकारी आएको छ', माओवादी नेता कार्कीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.