आज नेपाल र किर्गिस्तान भिड्ने

आज नेपाल र किर्गिस्तान भिड्ने

 

काठमाडौं : एएफसी यू-१९ छनोट च्याम्पियनसिपको पहिलो खेलमा नेपालले मंगलबार घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको मनोबल उच्च रहेकोले घरेलु टोलीसँग उत्कृष्ट खेल्ने दाबी टोलीका प्रशिक्षक छिरिङ लोप्साङले आइतबार किर्गिस्तान प्रस्थान गर्नुअघि नै बताएका थिए । उमेरसमूहमा उत्कृष्ट नतिजा निकालिरहेको नेपाली टोलीले एक महिनाअघि मात्र भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

 

छनोट च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, यूएई र ओमन छन् । समूहको दोस्रो खेल नेपालले नोभेम्बर २ तारिखमा बहराइनसँग, तेस्रो खेल नोभेम्बर ४ तारिखमा यूएईसँग र अन्तिम खेल नोभेम्बर ८ तारिखमा ओमनसँग खेल्नेछ ।

छनोट च्याम्पियनसिपमा सहभागी एसियाली राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उत्कृष्ट उपविजेताले सन् २०१८ मा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप खेल्न पाउने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.