हुम्लामा बाम गठबन्दनमै किचलो

हुम्लामा बाम गठबन्दनमै किचलो

सिमकोट: २०७० सालको निर्वाचनमा दोस्रो र तेस्रो बनेका नेकपा एमाले र मोअवादी केन्द्रको गठबन्दनले बिजयी सुनिश्चित भन्दै हिडेको हुम्लाका बाम गठबन्दनमै किचलो देखिएको छ। टिकट वितरणमा एमाले र माओवादी केन्द्र भित्र देखिएको बेमेलका कारण आन्तरिक विवाद बढ्दै गएपछि गठबन्दन थप समस्या पर्दै गएको हो।

 

मनोनय दर्ता गराउने अन्तिम समयमा प्रदेश 'क' को टिकट हात पारेको एमाले भित्र जिल्ला कमिटी र प्रदेशको सिफारिस विपतरित पार्टी अध्यक्ष दल रावललाई टिकट हात परेपछि टिकटका आकांक्षी जिल्ला उपाध्यक्ष ज्ञामी बुमी र युवा संघका केन्द्रिय सचिव समेत रहेका सचिवालय सद्यसय हस्तबहादुर शाही सहयोग नगर्ने मनस्थितीमा पुगेका छन्।

पार्टीले परिपत्र गरेको अपानी र सर्कुलर विपरीत केन्द्रियता लादेको भन्दै एमाले हुम्लाका पुर्व अध्यक्ष दल फडेराको समुहले समेत बुमी र शाहीलाई समर्थन गर्ने देखिएपछि एमाले आन्तरिक समस्यामा परेको छ।

गठबन्दनको नेतृत्व लिएको एमाले हुम्लाको भोट बैंक मानिएको जिल्लाको दक्षिण भेगमा भएका अधिकांश नेताहरुले जिल्ला कमिटी र प्रदेश कमिटिको सिफारिसमा संघमा सिफारिस भएको र अन्तमा अनेकन चलखेलले जिल्लाले सिफारिस नै नगरेको प्रदेश 'क' को टिकट हत्याएको भन्दै मौन बस्ने संकेत गरेका छन्।

पार्टी पद्धती र संस्कार भन्दा बाहिर गएर जिल्ला पार्टीको कमाण्डर समेत रहेका अध्यक्षले आफ्नै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको अवज्ञा गर्दै टिकट हात पारेपनि पार्टीको निर्णय प्रक्रियाप्रति नै आफ्‍नो तिब्र असन्तुष्टी रहेको युवा संघ नेपालका केन्द्रिय सचिव समेत रहेका प्रदेश 'क' का आकाक्षी हस्तबहादुर शाहीले बताए।

गठबन्दनको केन्द्रिय कार्यदलले गरेको निर्णयलाई समेत रातारात उल्टाएर पार्टी स्थायी कमिटीका नेतालाई समेत थाहा नदिइ भएको टिकट वितरण गर्ने पार्टीको निर्णय प्रति निकै असन्तुष्ट शाहीले बाम गठबन्दनलाई पूर्ण रुपमा साथ दिएपनि प्रदेश 'क' को टिकट वितरण प्रति समेत असन्तुष्ट व्यक्त गर्दै सहयोग नगर्ने तर्फ संकेत गरे।

मंसीर ११ मा हुने निर्वाचनमा कार्यगत एकता गरेर निर्वाचन पछि पार्टी एकता गर्ने सहमति गरेको नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्दनलाई दुवैपार्टीबाट आन्तरिक चुनौती बढ्दै गएपछि प्रचारका काम समेत केही प्रभावित भएको एमाले सचिव तिर्थराज रोकायाले स्विकारे।

सुरुमा गठबन्दनको केन्द्रिय कार्यदलमा एक सिट प्रतिनिधि सभा र दुई प्रदेश सभा माओवादी केन्द्रको भागमा परेको निर्णयलाई मनोनयन दर्ता गर्ने दिन ५ गते एकाएक प्रदेशमा सिफारिस नै नभएका एमाले जिल्ला अध्यक्ष दल रावलको नाममा प्रदेश 'क' को टिकट आएपछि निकै बिच्कीएका दुवै दलका जिल्लाका नेता कार्यकर्ता नै बाम गठबन्दनको चुनौती बनेको छन्।

प्रतिनिधि सभा र प्रदेश 'ख'को टिकट पाएको बाम गठबन्दनको अर्को घटक माओवादी केन्द्रको विवादले वागी उम्मेरदवारकै रुपमा देखा परेको छ।माओवादी केन्द्रका नेता छक्कबहादुर लामाले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेरदारी दर्ता गराएर कलम चुनाव चिन्ह सहित प्रचारमै हिडेपछि गठबन्दन थप समस्यामा परेको हो।

सुरुमा आफ्नो टिकट पक्का भएपनि अन्तमा विभिन्न चलखेल गरेर आफूबाट खोसेको ठानेका माओवादी केन्द्रका लालकेश जैशीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटकपटको दवावले उम्मेरदारी फिर्ता लिएपनि चुनाव प्रचारमा मनै देखी नलाग्ने उनका नजिक मानिएका ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए।

सुरुदेखि दुवै दलका केन्द्रिय नेताको निर्णयमा पाएको टिकट अन्तमा अनेक तिकडम गरेर खोसिएको भन्दै कम्युनिष्टको गड मानिने जिल्लाको दक्षिण क्षेत्रका माओवादी नेता कार्यकर्ता समेत रुष्ट बनेकोले गठबन्दनलाई खासै चाहे अनुशारको सहयोग नजुट्ने आन्तरिक आँकलन गठबन्दनले गरेको एक नेताले अन्नपूर्णलाई बताए।

जिल्लामा निर्वाचनको प्रचार अभियान सुरु भएपनि एमाले हुम्लाका पुर्व जिल्ला अध्यक्ष दल फडेरा, सचिवलाय सदस्य हस्तबहादुर शाही र माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यद्धय छिरिङ्गडम्डोल लामा कामर्चेन, कर्णजित बुढाथोकी सुशिल, डा. दिपेन्द्र रोकाया, मंगल लालमा लगायतका नेताहरु राजधानीबाटै जिल्ला नफर्केकाले पनि बाम गठबन्दनलाई थप चुनौती देखिएको बताइन्छ।

कांग्रेससँग कडा ठक्कर
मंसीर ११ गते पहिलो चरणमा हुने संघ (प्रतिनिधि सभा) र प्रदेश सभाको निर्वाचनमा हिमाली जिल्ला हुम्लामा एमाले-माओवादीको बामपन्थी गठबन्दन र नेपाली कांग्रेसका उम्मेरदवार बिच कडा प्रतिष्प्रधा हुने भएको छ।

बवेटका रुपमा हेरिएका पुर्व पर्यटन मन्त्री जीवन शाहीको इज्जतको सवाल भन्दै सिंगो कांग्रेस एकताबद्ध भएर लागेपछि निर्वाचन गठबन्दन कांग्रेस बिचनै हुने पक्का भएको छ।

जिल्लाको कुल मतदाता मध्ये झण्डै ६० प्रतिशत भन्दा बढीको समर्थन बामपन्थी भएको हुम्लामा सबै बामपन्थीको एकता भएपछि आफूले निर्वाचन जित्नेमा बामपन्थी गठबन्दनले दावी पेश गरेका छन्।

१५ हजार ६ सय २२ कुल मतदाता भएको प्रदेश 'क' मा बामपन्थीको दुईतिहाई भन्दा बढी मतदाताको समर्थन भएकोले १० हजार भन्दा बढी मत ल्याएर गठबन्दनका उम्मेरदार एमाले जिल्ला अध्यक्ष दल रावलले निर्वाचन जित्ने आँकलन बाम गठबन्दनले गरेको एमाले जिल्ला कमिटी सदस्य कमल बोहराले बताए।

सुरुका केही दिन आन्तरिक तनावमा अल्झीएको गठबन्दन संघमा बाहेक दुवैप्रदेशमा वागी मनोनयन गरेका नेताहरुको मनोनयन फिर्ता गराएपछि जसरी पनि निर्वाचन जितिने निष्कर्षमा पुगेको छ।

पूर्व पर्यटन मन्त्री समेत रहेका कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाहीप्रति केही झस्केको बाम गठबन्दन ११ हजार ८ सय १३ मतदाता संख्या भएको प्रदेश 'ख' मा निकै झिनो मतले निर्वाचन जित्ने अनुमान लगाएको छ।

मंसिरमा जिल्लाको उत्तरी क्षेत्र चिसो बढ्ने भएपनि नाम्खाको लीमी र चालामा मतदान हुन नसक्ने अनुमान गरेको गठबन्दनले ९ हजार मत खस्ने र त्यसमा ५ हजारको हाराहारीमा मत ल्याएर गठबन्दनका उम्मेरदवार माओवादी केन्द्रका जिल्ला संयोजक बिजय भण्डारीले निर्वाचन जित्ने निष्कर्ष निकालेको छ।

संघमा बाम गठबन्दनबाटै कलम चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका माओवादी केन्द्रका छक्कबहादुर लामालाई अन्तसम्म गठबन्दनलाई समर्थन गर्न लगाउनेमा ढुक्क छ भने नेपाली कांग्रेसले पुर्वमन्त्री शाहीको हाइट अनुशारका उम्मेरदार प्रदेश 'ख' मा नभएकाले जित्न समस्या नभएको भन्दै प्रदेश 'क' र संघमा भने केही थप मेहनत गर्नु पर्ने निष्कर्षमा पुगेको छ।

२७ हजार ४ सय ३४ मतदाता भएको संघमा बाम गठबन्दनकै तर्फबाट स्वतन्त्र उम्मेरदार चुनावी मैदानमा रहेको र प्रदेश 'क' मा गठबन्दनकै प्रभावशाली नेताहरुको असन्तुष्टि बाहिर आएकाले आफ्ना संघका उम्मेरदार मंगल शाही र प्रदेश 'क' का उम्मेरदार ठानबहादुर रोकायालाई निर्वाचन जित्‍न सजिलो भएको निष्कर्ष कांग्रेसको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.