एमाले कार्यालयमा तालाबन्दी

एमाले कार्यालयमा तालाबन्दी

भक्तपुर : असन्तुष्ट स्थानीय नेता तथा कार्यकर्ताहरुले एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । आफ्नो संगठन बलियो भएको क्षेत्र तथा प्रदेशमा वाम गठबन्धनको नाउँमा अन्य दलका उम्मेदवारलाई समर्थन गरिएको भन्दै उनीहरुले बुधबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

 

उनीहरुले एमालेले भक्तपुर क्षेत्र नं १ मा नेमकिपा र क्षेत्र नं १ कै प्रदेश क मा माओवादीलाई समर्थन गरेको विरोधमा तालाबन्दी गर्नुपरेको जनाए । उनीहरुले आफूहरुको भावनालाई सम्बोधन नगरिए वाम गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने चेतावनीसमेत दिएका छन् ।

उक्त क्षेत्रमा एमाले प्रमुख प्रतिस्पर्धी हुँदाहुँदै नेमकिपालाई समर्थन गर्नु आपत्तिजनक भएको तालाबन्दीमा सहभागी एमाले नेता दामोदर दंगालले बताए ।

एमालेले प्रमुख, उपप्रमुखसँगै बहुमत जितेको चाँगुनारायण प्रदेशमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्नु सिंगो एमाले पंक्तिको अपमान भएको उनको भनाइ थियो ।

तर एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भने भक्तपुरको सम्बन्धमा कुनै निर्णय गरेको छैन । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरी ६ क्षेत्र रहेका छन् । वाम गठबन्धनको केन्द्रीय स्तरमा प्रतिनिधिसभातर्फको दुइटै र तीन प्रदेशका क्षेत्र एमालेले लिने र एउटा प्रदेश माओवादी केन्द्रलाई दिने प्रारम्भिक सहमति भएको सार्वजनिक भएको थियो । उक्त सहमतिअनुसार माओवादी केन्द्रले क्षेत्र नं २ को प्रदेश ख (मध्यपुर थिमि नपा) पाउने बताइएको थियो ।

तर बुधबार बिहानै माओवादी केन्द्रलाई क्षेत्र नं २ प्रदेश ख नभई क्षेत्र नं १ प्रदेश क दिने हल्ला व्यापक भएपछि असन्तुष्ट एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उक्त प्रदेशको लागि एमालेले जिल्ला सचिव हरिशरण लामिछानेको नाम सिफारिस गरेको छ । उक्त प्रदेशमा वाम गठबन्धनले एमालेका लामिछानेबाहेक अन्य उम्मेदवार उठाए हार्ने चेतावनीसमेत दिएका छन् ।
त्यस्तै वाम गठबन्धनले वागलुङमा राष्ट्रिय जनमोर्चालाई समर्थन गरेजस्तै भक्तपुर क्षेत्र नं १ मा नेमकिपालाई सघाउने हल्ला चलेको थियो ।

सोही हल्लाको पछि लागेर पार्टी कार्यालयमा तालाबन्दी गरेका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले नेमकिपा स्वयम्ले आफू एक्लै चुनाव लड्ने बताउँदा बताउँदै वाम गठबन्धनले सघाउने बताउनु पार्टीका नेता तथा कार्यकर्ताहरुको अवमूल्यन भएको बताएका छन् ।

यता एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले भने पार्टी कार्यालयमा तालाबन्दी गरिए पनि वाम गठबन्धनमा कुनै असर नपर्ने सुनाए । वाम गठबन्धनले निर्णय गरिनसक्दै हल्लाको पछि लागेर तालाबन्दी गरिनु केही नेता तथा कार्यकर्ताहरुको असन्तुष्टिमात्रै भएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.