जापानको प्रधानमन्त्रीमा आबे पुनः निर्वाचित

जापानको प्रधानमन्त्रीमा आबे पुनः निर्वाचित

टोकियो : जापानको प्रधानमन्त्रीमा यहाँको लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित भएका छन् । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्रीसमेत रहेका उनी जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित भएको प्राप्त समाचारमा जनाइएको छ ।

 

जापानको दुवै सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले घोषणा गरेको आमनिर्वाचन हालै सम्पन्न भएको थियो । निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाइ बहुमत हासिल गरेको थियो । संसदीय निर्वाचनमा उनको दलले जापानी संसद्को तल्लो सदनमा दुईतिहाइ बहुमत हासिल गरेको हो । उनलाई सोही संसद्ले बुधबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

जापानको उक्त निर्वाचनमा उनको विगतदेखिकै सत्तारुढ अर्काे दल कोमेइतो पार्टी पनि गठबन्धनमा सामेल भएको थियो । अबको नयाँ सरकारमा पनि सो दल सहभागी हुने भएको छ । बुधबार बसेको जापानी संसद्को विशेष बैठकले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि औपचारिक रूपमा उनको नाम घोषणा हुन भने बाँकी छ । उनले बुधबारै साँझ घोषणा गर्ने मन्त्रिमण्डललाई जापानी राजदरबारमा शपथ गराउने कार्यक्रम छ । (रासस÷सिन्ह्वा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.