टिकटप्रति असन्तुष्ट जनाउँदै कांग्रेसका क्षेत्रीय सभापतिसहित ५५ जनाको राजीनामा

टिकटप्रति असन्तुष्ट जनाउँदै कांग्रेसका क्षेत्रीय सभापतिसहित ५५ जनाको राजीनामा

दमौली : पार्टीले टिकट वितरण गर्दा क्षेत्रको निर्णयलाई अवज्ञा गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति किसान गुरुङसहित ५५ जना नेता कार्यकर्ताले सामूहिक राजिनामाको घोषणा गरेका छन्।

पार्टी क्षेत्रीय समितिले केन्द्रीय सदस्य प्रदीप पौडेलका नाममा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका दाबेदार अर्का केन्द्रीय सदस्य शंकर भण्डारीलाई व्यवस्थापन गर्न पौडेलले उनलाई क्षेत्र नम्बर २ मा उठाउने गोप्य सहमति गरेको सार्वजनिक भएसँगै प्रदीपपक्षीय क्षेत्रीय समितिका सदस्यहरु आक्रोशित बनेका छन्।

क्षेत्रको निर्णयलाई नै आधार बनाएर निर्णय गर्नु पर्ने भन्दै राजधानीमा दबाबमूलक कार्यक्रम गर्दै आएका उनीहरुले यदि क्षेत्रको निर्णय मान्य नभए पदबाट राजिनामा दिएको उल्लेख गरेका छन्। भण्डारीको नाम भने क्षेत्र नम्बर १ बाट सिफारिस भएको थियो। तर पौडेललाई क्षेत्र नम्बर १ बाट उठाउने यसअघि नै पार्टीले निर्णय गरिसकेको छ। क्षेत्र नम्बर २ का हकमा भने हालसम्म पनि निर्णय गरिएको छैन। तर वरिष्ठ नेता पौडेल र भण्डारीबीच एक अर्कालाई सघाउने सहमति भएकाले भण्डारीले नै क्षेत्र नम्बर २ को टिकट हात पार्ने आँकलन गरिएको छ।

उम्मेदवारी दर्ताका लागि पौडेल गृहजिल्ला आउँदै

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारी गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला आउँदै छन्। राजधानीबाट उनी नेता कार्यकर्तासहित जिल्लाका लागि हिँडेको उनको निजी सचिवालयले जनाएको छ। यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लडेका पौडेल यसपल्ट भने क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन्। यसका लागि उनले शक्ति प्रदर्शनसहित दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।

जोशीद्वारा स्वतन्त्र उम्मेदवारीको तयारी

तनहुँ क्षेत्र नम्बर १ बाट टिकटको दाबेदारी गर्दै आएका पार्टी पूर्व सह महामन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्। उनले मध्याह्न १२ बजे आफ्ना तर्फबाट उम्मेदवारी दर्ता गराउने उनीनिकट पूर्व सभासद उर्मिला थापाले जानकारी दिइन्। पार्टी क्षेत्रीय भेलाले जोशीलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरे पनि पार्टी केन्द्रले भने पौडेललाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.