वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर संघ र प्रदेशको सरकार बनाउछ : भट्टराई

वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर संघ र प्रदेशको सरकार बनाउछ : भट्टराई

ताप्लेजुङ : नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठबन्धनले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर संघ र प्रदेशको सरकार बनाउने दाबी गरेका छन्। नेपालका कम्युनिष्टहरुबीच चुनावी एकता भएको र पार्टी एकिकरणकै अन्तिम अन्तिम चरणमा रहेकाले मंसिरमा हुने दुवै चरणको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने उनको भनाई छ।

 बिहीबार बिहान प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले हिजो राजनीतिक उद्देश्यका लागि नेपाली काँग्रेसँग सहकार्य गरेपनि अब आफूहरुको बाटो बदलिएको बताए। उनले भने,‘नेपालका वामपन्थीहरु समाजवादको बाटोमा गइसके, नेपाली कांग्रेसँग अब हाम्रो बाटो मिल्दैन।'समाजमा रहेका अर्थिक र सामाजिक विभेद र भौगोलिक असमानताहरुलाई हटाउदै सामाजिक न्यायमा आधारित समाजको निर्माणका लागि कम्युनिष्टहरु एक भएको भट्टराईले बताए।

वाम एकताबाट नअत्तालिन पनि उनले नेपाली कांग्रेसलाई आग्रह गरे। वाम गठबन्धनको हौवा खडा गरेर मुलुकलाई दक्षिणपन्थी अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भइरहेको भन्दै त्यसो नगर्न कांग्रेसलाई उनको आग्रह थियो। कांग्रेस विभिन्न षड्यन्त्रका साथ अगाडि बढ्ने प्रयत्नमा रहेकाले त्यसलाई छाडी स्वस्थ प्रतिस्पर्धामा आउनुपर्ने बताए।

प्रतिनिनिसभाको लागि वाम गठबन्धनको तर्फबाट यहाँको उम्मेदवार समेत रहेका भट्टराईले जिल्लालाई त्रिदेशीय व्यापारिक केन्द्रको रुपमा विकास गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्। चीनसँगको नाका टिपतालापासबाट भारतसँगको नाका जोगबनी जोड्ने तमोर करिडोर, मदन भण्डारी राजमार्गको निर्माण, कञ्चनजंघा, पाथिभरा लगायतका पर्यटकीय स्थलको प्रवद्र्धन, कृषि क्षेत्रको विकास पनि आफ्नो प्राथमिकतामा रहेको भट्टराईको भनाई छ।

कार्यक्रममा वाम गठबन्धनका प्रदेशसभा (क)का प्रत्यासी एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले गठबन्धनका कारण सबैतिर उत्साह छाएकाले आफूहरुको जित सुनिश्चित रहेका बताए।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.