कपिलवस्तुमा नयाँ शक्तिबाट पहिलो मनोनयन दर्ता
कपिलवस्तु : आसन्न मंसिर २१ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरण अन्तर्रगत बिहीबार कपिलवस्तुमा बिहान १० बजे देखि मनोनयन दर्ता भइरहेको छ । जिल्लामा पहिलो मनोनयन दर्ता नयाँ शक्ति नेपालका नेता दान बहादुर चौधरीले गराएका छन् ।
नेता चौधरीले जिल्लाको प्रतिनिधिसभा १ नम्बर क्षेत्रबाट मनोनयन दर्ता गराएको बताए । यस्तै बिहान साढे ११ बजे सम्ममा संघीय समाजबादी फोरमबाट प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को लागि मंगल प्रसाद गुप्ताले पनि मनोनयन दर्ता गराएका छन् । उनीहरुले सबैभन्दा पहिला मनोनयन दर्ता गराएका हुन् ।
यसैगरी नेकपा (माले) का चन्द्रकान्त आचार्यले पनि प्रतिनिधिसभा १ र प्रदेशसभा १ नम्बर क्षेत्रबाट मनोनय दर्ता गराएका छन् ।
यता जिल्लाका बामपन्थी गठबन्धन शन्ति प्रदर्शन उतार्न गाउँ गाउँ पसेका छन् । दिउँसो २ बजे सम्ममा बामवपंथी गठबन्धनले मनोनयन दर्ता गर्ने एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताए ।
यस्तै नेपाली कांग्रेस पनि कार्यकर्ता उतार्न गाउँगाउँमा परिचालित भएको छ । कांग्रेसले पनि दिउँसो मात्र उम्मेद्वार दर्ता गराउने जनाएको छ । मनोनयन दर्ताको बेला मतदाता आकर्षित गर्न शन्ति प्रर्दशन गर्न ठुला दल लागेका हुन् । जिल्लामा तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेका छन् ।