दोलखा जिल्ला सुरक्षाको दृष्टिले अतिसंवेदनशील

दोलखा जिल्ला सुरक्षाको दृष्टिले अतिसंवेदनशील

चरीकोट: दोलखा जिल्ला सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेको छ।जिल्ला प्रशासन कार्यालय दोलखामा जिल्ला सुरक्षा समितिको बैठकमा तीन वटै निकायका प्रमुखहरुले अतिसंवेदनशील रहेको जानकारी प्रमुखजिल्लाअधिकारी समक्ष राखेका थिए। सरक्षा समितिको बैठकमा नेपाली सेना,नेपालप्रहरी र शसत्रप्रहरी बलकाप्रमुखहरुको सहभागिता रहेको थियो।

 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले केन्द्रिय सुरक्षा समितिलाई पनि दोलखा संवेदनशील रहेको जानकारी गराउदै सुरक्षाको लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाई दिन अनुरोध गरेको बताए।

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमाहुन सक्ने घटना लाई न्यूनिकरणको लागि सुरक्षा समितिमा छलफल भएको थियो। सुरक्षा समितिको बैठकले जिल्लाको ९ वटा वुथलाई अतिसंवेदनशील,२४ वटा बुथलाई संवेदशील र ६१ वटा बुथलाई सामान्यको रुपमा राखिएको प्रजिअथापाले अन्नपूर्ण लाई बताए।

उनले निर्वाचनको क्रममा तीन वटा घेरामा सुरक्षाको प्रवन्ध मिलाउने बताउदै कुनै पनि स्थानीय भोट हाल्नबाट बञ्चित नहुने जानकारी गराउदै निर्धक्कका साथ मतदान स्थलमा जान स्थानीयहरुलाई आग्रह गरेका छन्।

जिल्लामा कुनै पनि अप्रिय घटना नघटोस भन्ने उद्देश्यका साथ सुरक्षालाई कडा बनाइएको र गस्तीलाई पनि बढाइएको बताउदै कुनै पनि स्थानीयलाई सुरक्षा सम्बन्धी केहि समस्या परेमा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाललाई जानकारी गराएमा तुरुन्त सुरक्षाको व्यवस्था गराउने समेत बताए।

यस्तै निर्वाचनलाई लक्ष्ति गरी राजधानी बाट गुण्डाहरु भित्रन सक्ने भन्दै जिल्लाको विभिन्ननाकामा चेकजाँचलाई कडाई गरिएको बताउदै परिचयपत्र हेरेर मात्रजिल्लामाप्रवेश गराउने बताए।गएको स्थानीयतहको निर्वाचनमादुई जना स्थानीयहरुको ज्यान गएको थियो भने दर्जनौ ठाउँमा झडप भएको थियो।

गौरीशंकर गाउँपालिका-१ जुगुँमा स्थानीयतहको निर्वाचनको क्रममाभोट माग्ने क्रममामाओवादीकार्यकर्ताको आक्रमण बाट नेकपा एमालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो भने निर्वाचनकै दिन प्रहरीको गोलिलागेर मेलुङ गाउँपालिकाको पवटीमा नकुलभुजेलको ज्यानगएको थियो।

दोश्रो संविधान सभाको निर्वाचनमाएमाले नेतापार्वत गुरुङले क्षेत्र नम्वर १ को अधिकाशं तत्कालिन गाविसहरुमा बुथ कब्जा गरेका थिए।यस्तै बैतेश्वर गाउँपालिका १ गैरी मुदीमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले आफ्नो गाउँमा ज्यादती गरेको भन्दै एमाले कार्यकर्ताहरुले प्रयोग गरेको २६ वटा मोटरसाइकल र १ वटा गाडि समेत जलाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.