गुल्मीमा केन्द्रीय नेताले दिए उम्मेदवारी

 गुल्मीमा केन्द्रीय नेताले दिए उम्मेदवारी

गुल्मी: प्रतिनिधि र प्रदेश सभाका लागि शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। जिल्लामा वाम गठबन्धन, नेपाली कांग्रेस र अन्य दलका उम्मेदवारहरु बाजागाजासहित मनोनयन दर्ता गर्न पुगेका थिए।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि क्षेत्र नं १ मा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले उम्मेदवारी दिएका छन् भने कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य एंव निवर्तमान सांसद् चन्द्र भण्डारीले मनोनयन दर्ता गराएका छन्। 

क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि बाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले उम्मेदवारी दर्ता गराएका छन भने कांग्रेसका तर्फबाट चन्द्र केसीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ। त्यस्तै प्रतिनिधि सभाका लागि क्षेत्र नं १ बाट नयाँ शक्ति पार्टी नेपालबाट तेज बहादुर थापा, राष्ट्रिय जनमोर्चा बाट छविलाल सुर्तुङी र स्वतन्त्रबाट चुडामणि भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश सभाका लागि क्षेत्र नं १ (क) बाट बाम गठबन्धनको तर्फबाट माओवादीका सुदर्शन बलाल र कांग्रेसका पृथ्वी फौदारले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नयाँ शक्ति पार्टी नेपालबाट सरोज कुमार गुरुङ, राष्ट्रिय जनमोर्चाबाट ओम बहादुर कुँवर, राप्रपाबाट ठाकुर प्रसाद पाण्डे, राप्रपा प्रजातान्त्रिकबाट बसन्त विक्रम पाण्डे र स्वतन्त्रबाट विष्णु बहादुर घर्ति, रेशमराज न्यौपाने, कृष्ण बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, प्रदेश सभाका लागि क्षेत्र नं १ (ख) बाट बाम गठबन्धनको तर्फबाट एमालेका कमलराज श्रेष्ठ र काग्रेसका धनेन्द्र कार्कीले मनोनयन दर्ता गरेका छन्। यस्तै नयां शक्ति पार्टी नेपालबाट पदम बहादुर खत्री, राष्ट्रिय जनमोर्चाबाट टेक बहादुर खत्री र राप्रपाबाट नर बहादुर दमाईले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएका छ।

क्षेत्र नं २ (क) मा प्रदेश सभाका लागि वाम गठबन्धनको तर्फबाट एमालेका खड्ग बहादुर खत्री र काग्रेसका शालिक पन्थीले मनोनयन दर्ता गरेका छन्। त्यस्तै नयाँ शक्ति पार्टी नेपालबाट घनश्याम पाण्डे, राष्ट्रिय जनमोर्चाबाट हरिलाल न्यौपाने र स्वतन्त्रबाट धनिश्वर गौतमले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नं २(ख) बाट वाम गठबन्धनका तर्फबाट माओवादीका दिनेश पन्थी र कांग्रेसका छन्द बहादुर पहराईले मनोनयन दर्ता गराएका हुन्। त्यस्तै नयाँ शक्ति पार्टी नेपालबाट धुव्र बहादुर कुवंर र राष्ट्रिय जनमोर्चाबाट धन बहादुर थापा क्षेत्रीले मनोनयन दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.