प्रदेश २ मा ध्यान केन्द्रित : सेना

प्रदेश २ मा ध्यान केन्द्रित : सेना

काठमाडौं : सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनमा दुई नम्बर प्रदेशका आठ जिल्लाको सुरक्षा अवस्था थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको छ । अन्य प्रदेशको तुलनामा सुरक्षा चुनौती बढी भएको ठहर गर्दै जंगी अड्डाले दुई नम्बर प्रदेशमा बढी सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको सैनिक स्रोतले जनाएको छ । प्रदेश २ का बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सप्तरी, सर्लाही र सिरहामा जयकृष्ण गोइतलगायत भूमिगत समूहको गतिविधि कायमै रहेको र तिनले निर्वाचनविरोधी गतिविधि गर्नसक्नेतर्फ सेनाको ध्यानाकृष्ट भएको हो ।

 सैनिक प्रवक्ता नैनराज दाहालले भने निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नरहेको बताए । ‘सबैको रिपोर्टिङ सकारात्मक आएको छ । निर्वाचनका लागि कुनै सुरक्षा चुनौती छैन,’ दाहालले अन्नपूर्णसँग भने, ‘जस्तोसुकै चुनौती आए पनि सामाना गर्न सेना तयार छ ।’ उनले विगतमा देखिएका निर्वाचनविरोधी केही समूह अहिले पनि सक्रिय भएकाले त्यहीअनुसार सुरक्षा योजना कार्यान्वयन गरेको बताए ।

गोइत समूह बेला-बेला पर्चा, पम्प्लेट टाँस्दै, आफ्नो अस्तित्व काम राख्न भित्रीरूपमा सक्रिय रहेको हुनसक्ने भन्दै जंगी अड्डाले दुई नम्बर प्रदेशका आठ जिल्लाको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको हो । चुरे क्षेत्रसँग जोडिएका निर्वाचन क्षेत्रमा भने कुनै सुरक्षा चुनौती छैन ।

सैनिक मुख्यालयमा बिहीबार भएको पृतनापतिहरूको बैठकमा पनि तराईका भूमिगत समूह, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, सीके राउतलगायत सम्भावित चुनावविरोधी गतिविधि गर्ने समूहबारे छलफल भएको स्रोतले जनाएको छ । बैठकमा सबै पृतनापतिले आ-आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

बैठकमा सहभागी उच्च सैनिक अधिकारीले नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै आपराधिक मनोवृत्ति भएका व्यक्तिहरू नेपाल छिर्नसक्ने र तिनीहरूले आपराधिक घटना गराउन सक्नेतर्फ समेत सुरक्षाकर्मी सजग हुनु पर्ने धारणा राखेको स्रोतले बताएको छ । जंगी अड्डाले दुई नम्बरबाहेकका अन्य प्रदेशको सुरक्षा अवस्था मजबुत भएको रिपोर्टिङ गरेको स्रोतले जनाएको छ ।

बैठकमा सम्बोधन गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सेना सफल रहने बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंसिर १० र २१ गते हुने निर्वाचनको सुरक्षामा कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.