युवा संघ कञ्चनपुरका अध्यक्ष शाहीको निधन
काठमाडौं : युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य जनकबहादुर शाहीको निधन भएको छ । बोन क्यान्सरको उपचारका लागि लामो समयसम्म दिल्लीमा उपचार गरेर फर्किएका शाहीको केही दिनपछि गएराति निधन भएको अनेरास्ववियुका नेता माधव पन्तले जानकारी दिए ।
यसैबीच अध्यक्ष नेकप(एमाले) कञ्चनपुर जिल्लाका अध्यक्ष तारा लामाले आज बिहान ९ बजे जिल्ला कमिटी सदस्य एवम् युवा संघ नेपाल कंचनपुरका अध्यक्ष जनक शाही अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखिएको जानकारी दिए । पार्टी कार्यालयमा हुने श्रद्वान्जलीमा उपस्थितिका लागि नेता कार्यकर्ता लगायत सबैमा अनुरोध गरेका छन् ।